महिला खबर
काठमाडाैं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेलले महिलाका लागि संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि कानुन संशोधन भइरहेको बताउनुभएको छ।
आइडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको ग्लोवल वर्कशप अन इम्प्लीमेन्टिङ वीमेन कन्स्टीट्युस्नल राइट्स विषयक कार्यशालामा बोल्दै मन्त्री खरेलले नयाँ संविधान कार्यान्वयनका लागि नयाँ कानुन बनाउने र भइरहेका कानुनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै यसका लागि विज्ञहरूलाई नियुक्त गरिसकिएको बताउनुभयो।
प्राथमिकताका आधारमा कानुन बनाउने र संशोधन गर्ने काम अघि बढ्ने उहाँको भनाई छ। नयाँ संविधानमा व्यवस्था भए अनुसार नै राष्ट्रपति र सभामुखमा महिला आएकाले संविधान कार्यान्वयन सुरु भइसकेको दावी उहाँले गर्नु भयो।
प्रकाशित मितिः २०७२ फागुन १४ गते शुक्रवार
Comment Here!