श्यामकुमार बुढामगर
मैले यस्ता पाशविक घटनाको हल गर्नुपर्ला भनेर सोचेको त के कल्पना समेत गरेको थिइनँ । तर, समयले चूनौतिकै रूपमा ल्याइदियो, जसलाई हल नगरी नहुने भयो । घटना हो आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको । आफ्नै अभिभावक त्यसमा पनि आफ्नै बाबुले आफूलाई झुक्याएर बलात्कार गर्ला भनेर कुन छोरीले सोच्दी हुन् ? आफ्नै बाबुबाट बलात्कृत हुँदा कस्तो भयो होला ? यसरी विवेक र चेतनाकै उपहास गरेर मान्छे आफ्नो सभ्यताविपरीत उभिँदा मानवताको कुन अंश बच्यो होला ? हाम्रो समाजमा यस्ता पाशविक घटना पनि हुँदारहेछन् ।
०५४ सालको वर्षा अन्त्यसँगै म रोल्पाको पूर्वी क्षेत्रबाट दक्षिण–पश्चिम क्षेत्रमा जिल्ला पार्टी सदस्य भएर सरुवा भएँ । बिस्तारै त्यहाँको पार्टी एरियाको साथीहरूले हल गर्न नसकेका मुद्दा मकहाँ ल्याउन थाले । त्यसैक्रममा ०५५ मा रोल्पाको जुँगार–९ मझुवागाउँको एउटा केस आयो । समाजमा समस्याको वैज्ञानिक समाधान दिएपछि पार्र्टीको प्रतिष्ठा पनि बढ्ने हुँदा जसरी पनि समाधान गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले जस्तो मुद्दालाई पनि समाधान गर्न हामी प्रयत्न गथ्र्याैं । मुद्दाका वादी श्रीमती थिइन्, प्रतिवादी श्रीमान् । पीडित पक्ष छोरी थिइन् । घटनाको प्रमाण छोरीको पेटमा हुर्कंदै गरेको भु्रण थियो ।
उजुरीपछि सबै मिलाएर बूढोलाई नियन्त्रणमा लिएर बयान लिइयो । सुरुमा उनले स्विकारेनन् । श्रीमतीले पनि कुरा फेरिन् । म थाहा पाउन्न भनी नक्कली अज्ञानता प्रकट गरिन् । उनको मनमा डर थियो । श्रीमानले छाड्छन् कि भन्ने । केही समयको बयानपछि छोरीले रुँदै स्वीकारिन्, बुबाले नै हो भनेर । आमा अथवा बूढीलाई एकैछिन छोरीको बयान लुकाएर केरकार गर्दा बूढाकै पाप हो भनेर ठोकुवा गरिन् । त्यसपछि बूढालाई शारीरिक नसिहत दिन थालियो अनि बूढाले यसरी बयान दिए
बुढी माइत गएकी थिई । म गाउँमा गएर जाँड–रक्सीले मातेर राति फर्कन्थें । मैले छोरीलाई बुढी ठानी छोपें । नमानेपछि बाँधें । छोरी रोइरही । मैले बिहानमात्र थाहा पाएँ । तर, काम बितिसकेको थियो । त्यसपछि, फेरि त त्यति बल गर्नु परेन । छोरीले पनि त्यही बताइन् । हामी सबै आश्चर्य मानेर सुनिरहेका थियौं । कतिले जिब्रो निकाले ।
घटना प्रस्ट भइसकेपछि अब के गर्ने सबैसँग छलफल सुरु भयो । समाज सँग पनि छलफल ग-यौं । छोरीलाई सोधियो, बुढालाई मारिदिऊँ त ? । छोरीले रुँदै भनिन् जे गरे नि गर्नुस तर, नमार्नुस । पापी भए पनि बुबा हुन्, नमार्नूस् । त्यसो त हामी मार्न सोधेका थिएनांै । मात्र तिनीहरूको मनोदशा बुझ्न सोधेका थियौं । समाजसँगको परामर्शपछि हाम्रो र समाजको धारणा मिल्यो ।
सबैको सल्लाह मिलेपछि अर्को दिन कालोमोसो दलेर गाउँ घुमाइयो । जिल्लाको सीमाभित्र नफर्कनेगरी बूढोलाई डाँडा कटाइयो । छोरी आमासँग बस्ने, पछि जे हुन्छ त्यही गर्ने परामर्श दिइयो ।
पछि थाहा भयो ती केही समय भारत गएछन् । त्यहाँबाट फर्केपछि तुल्सीपुरमा बसेर काम गर्ने गरेको रिपोर्ट गाउँलेले ल्याउँथे ।
यसो गर्दा कति न्याय भयो कति अन्याय ? त्यो त भन्न सकिएन, तर त्यहाँ आइलागेको तत्कालको समस्या भने समाधान भयो । अहिले तिनीहरू कहाँ छन् ? के गर्दै छन् ? थाहा छैन । युद्धको चापले जनमुक्ति सेनामा प्रवेशपछि सम्पूर्ण रूपमा सामाजिक काममै काटियो । जो आजपर्यन्त पूरा गर्न सकिएको छैन । ०५७ चैतबाट म प्युठान प्लाटुन कमिसार भएर सरुवा भएँ । ०५९ मा प्युठानको डिसिएम भएर फेरि सांगठानिक काममा फर्किएँ । त्यसबेला हामीले एउटा हल्ला सुन्यौं, प्रहरीको भूपु हवल्दारले खलंगामा छोरी बिगा¥यो रे । अहिले जेलमा छ रे ।
०६० को अन्त्यतिर प्युठानको बांगेसालमा काठ तस्करी रोक्न जिल्ला समितिका केही सदस्य र एक प्लाटुन जनमुक्ति सेना पठायौं । काठ तस्कर धमाधम समातिए । राजनीतिक नेता पनि तस्करीमा समातिए । काठ तस्करी हुनबाट रोक्न टिमलाई समय थप गरी खटाइ राखियो । त्यसैक्रममा गाडी चेक गरी सेना, पुलिसको जासुस भए गिरफ्तार गर्ने नीतिअनुसार गाडी चेक भइरहेको थियो । त्यसैक्रममा त्यही छोरी बलात्कार गर्ने पूर्वप्रहरी हवल्दार छोरीसहित भाग्दै रहेछन् । तिनी गिरफ्तार भए । जासुसीमा आएको ठानी साथीहरूले छोपेर ल्याउनुभयो ।
ती बाबुछोरीलाई ल्याएपछि फेरि एउटा बबाल भयो । नराम्रो कुराको हल्ला छिट्टै चल्ने हुँदा भोली बिहानसम्म माओवादीले गिरफ्तार गरेको प्रचार जिल्लाभरि फैलियो । व्यापक प्रचारका कारण छाड्न पनि मिल्दैनथ्यो । राख्ने जेल पनि थिएन । बेकारमा फसियो झैं भयो । अन्तमा, सबैसँगको छलफलबाट श्रमशिविरमा राख्ने योजना बन्यो । अनि तिरामको बाघेखोलामा कब्जा गरिएको खेतमा काम गर्न खटाइयो । तिराम पाङवाङका पार्टी सदस्य र जनताको रेखदेखमा तिनीहरूलाई बन्दी बनाउने निश्चित गरियो । त्यसपछि पनि एउटै गाउँमा अझ एउटै परिवारको दुईवटा वरपरको घरमा बसाल्दा फेरि पनि भाग्ने र बदमासी हुने डर कायमै रह्यो । भर्खर जन्मिएको छोरा थियो । त्यो हालतमा अरूले राम्रो रेखदेख गरिदिने कुरा पनि थिएन । त्यसैमा हाडनातामा अपराध गरेका । त्यसैले त्योभन्दा अर्को उपाय नदेखि नजिकै राखियो र रेखदेख कडा पारियो ।
तर, बदमासी भने उनीहरूले गरेनन् । हाम्रो प्रशिक्षणको प्रभाव पर्दै गयो । उनीहरू रूपान्तरण हुँदै गए । अहिले छोरो पनि ठूलो भयो रे । छोरीले चाहिँ अर्को केटोसँग विवाह गरिन् रे । बुढा हाम्रै सम्पर्कमा काम गर्छन् रे ।
नकारात्मक घटनालाई पनि सकारात्मक रूपमा बदल्न सकियो भन्ने यो एउटा दृष्टान्त हो । तिराममा पापी पापिनी भनेर चिनिने ती बाबुछोरीले कलंकित अतितलाई एक हदसम्म टाटा रहे पनि पखाल्ने प्रयास गरे । अहिले फेरि नयाँ ढंगले सामाजिक जीवनमा प्रवेश गर्ने प्रयत्न गरेका छन् ।
श्यामकुमार बुढामगर (चिन्तन) पूर्व जनमुक्ति सेना हुन्
Comment Here!