काेइराला भएर मैले जितेकी हाेइनः किरण काेइराला


प्रकाशित मिति :2016-02-26 17:16:49

रुपा गहतराज

नेपालगञ्ज । २०२३ सालदेखि नेपाली काग्रेेेंसमा सक्रिय किरण कोइराला बाँकेको सभापति पदमा अत्याधिक बहुमतले निर्वाचित भइन्। उनको विजयसँगै कांग्रेस बाँकेले पनि पहिलो पटक महिला नेतृत्व पायो। बिपी ,शुशील, गणेशमानको संगतले आफूमा राजनीतिको बिजारोपण भएको उनले पत्तो पाइनन्। राजनीतिसँंगै समाजिक काममा समेत राम्रो छबी बनाएकी उनले राजनीतिका अनेकौ चुनौती पार गर्दै आज यो अवस्थामा आउन सफल भइन। क्रियाशिल रुपमा भेाकै प्यासै जनताको सेवक बनेर काम गर्दा मतदाताले आफनो कामको मुल्याकंन गरेको उनी बताउँछिन।

आफूलाई हराउने गुटविरुद्ध गरेको विद्रोह र साहसको कदर गर्दै धेरै मतदाताले मलाइ पत्याए उनले भनिन – मलाइ साथ र सहयोग दिए, जसको परिणाम मेरो जित निश्चित भयो।

Kiran

विश्वमा महिलाले इमान्दारिता को नमुना पेस गरेका छन्। इमान्दारिता र कटिबद्धताले उनको साथ कहिले छोडेन। आफनो बिजय हरेक महिलाका लागि मनोबल उच्च बनाउने साधनमा सहयोग सिद्ध भएको उनको ठम्याइ छ। राजनीतिका अनेकौ चूनौति पार गर्न कम सजिलो थिएन। आत्मविश्वास बलियो भएका कारण कहिले संर्घषको पाइला रोकिएन । निरन्तर बढिरह्यो।

आफूमा भएको नेतृत्व क्षमताका कारण यहासम्म आउन सफल भएको किरणको बुझाइ छ। महिला सधैँ मतदातामात्र भए त कहिले स्वयमसेवक। अब हरेक महिलाले आफू भित्र रहेको क्षमता पहिचान गर्न जरुरी रहेको उनको भनाइ छ। २०४७ सालदेखि महिला संघमा क्रियाशिल रुपमा काम गर्दै आएकी उनले सबै नेतृत्व हस्तान्तण गरी कांग्रेसको राजनीतिमा सक्रिय भएर लागिन् । महिला शसक्तिकरणका लागि धेरै कार्यक्रम संचालन गर्दै आइन्।

देखाउनका लागि मात्र महिलालाई उच्चतहमा पुर्‍याउने, तर जिम्मेवारी पुरा गर्न नदिने संस्कारका कारण महिलाको क्षमतामा बिकास हुन नसकेको र नेतृत्वमा पुग्न उनको आरोप छ । उनी भन्छिन् ‘जिम्मेवारी पाएपछिमात्र महिलाले गर्न सक्छन्, महिलालाई अवसर दिएरमात्र उनीहरूको क्षमता मुल्याकंन गर्नुपर्छ।’

उनले महिलालाई नेतृत्व तहसम्म पुर्‍याएर राजनीतिक गतिविधिका साथै सामाजिक विकास तथा आर्थिक गतिविधिमा सहभागी गराउँदै लैजानु अत्यन्त जरुरी रहेको बताइन। पार्टीले ३३ प्रतिशत महिला सहभागिताको कुरा गरेपनि संख्या पुर्‍याउनमै सिमित भएको ठहर उनले गरेकी छन्। एउटा महिला नेतृत्वमा पुग्ने बित्तिकै सबै महिलाको जीवनस्तरमा परिवर्तन हुने होइन, तर भए पनि चुलोचौकाको सिमित रहेका महिला बाहिर निस्कन उत्साह, हौंसलाका साहस प्रदान गर्ने उनको भनाइ छ।’यसका लागि महिलाले भन्दा पुरुषले पहल गर्नु जरुरी छ, पुरुषले सहयोग गरेमा समान रुपमा अघि बढ्न सकिन्छ, त्यसैले सवै राजनीतिक दलका पुरुषले पार्टीलाई लैङ्गिकमैत्री बनाउन पहल गर्नुपर्छ’ उनले भनिन्।

अब बन्ने विधानको संरचनामा पार्टीका हरेक निकायको निर्णायक तहमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने किरण कोइरालाको भनाइ छ । उनले भन्छिन्–’त्यसकारण केन्दीय्र महाधिवेशनमा कांग्रेसले महिलालाई सम्पूर्ण निकायमा समान सहभागिता सुनिश्चित गरेको छ भन्ने देखाउन जरुरी छ ।’

कांग्रेसले महाधिवेशनमा महिलाको सहभागिताको विषय कसरी उठाउछ भन्ने कुरा अहिले चासो र चर्चाको विषय बनेको छ। कांग्रेसले महाधिवेशनमार्फत महिला प्रतिनिधित्वलाई अवसर दिन सक्यो भने अन्य राजनीतिक दलमाथि पनि दबाब पर्ने उनको ठम्याइ छ ।
कोइराला भएकै कारण आफूले जितेको कुरा पुर्ण सत्य नभएको उनले स्पष्ट पारिन्। उनले भनिन् –…’म सक्षम महिला भएका कारण र कोइरालाको बिउ बचाउन पनि मलाइ धेरैले सहयोग गरेको भने पक्कै हो।’

लोकतन्त्रमा हारजित सम्भव हुने भन्दै उनले पार्टीमा सबैलाई सँगै बढाएर लैजाने प्रतिबद्धता ब्यक्त गरिन्। उनी भन्छिन् –’पार्टी ब्यक्तिले होइन बिचारले चलाउने हो। जहाँ सबैको सहयोग र आवश्यकता सधैँ खाँचो हुन्छ।’

कोइरालाले आफ्ना प्रतिद्वन्दी निरन्जनसिंह सिजापतिलाई १ सय ४१ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन्। कोइरालाले ३ सय ५८ मत प्राप्त गरेकी थिइन भने उनका प्रतिद्वन्दी निरन्जनसिह सिजापतिले २ सय १७ मत प्राप्त गरेका थिए। कोइराला नेपाली काग्रेंसका सभापति स्वर्गीय सुशील कोइरालाकी भाइबुहारी हुन् ।

प्रकाशित मितिः २०७२ फागुन १४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: