कलमको सरुवा


प्रकाशित मिति :2016-02-27 10:00:33

नन्दा थापा
Nandaकाठमाडौं। मेरो घर बाजुरा जिल्ला हो। म अहिले काठमाडौंमा बस्दै आएकी छु। पत्रकारिता सिक्दै छु र गर्दै छु। बाजुराको जो कोही मान्छे म जत्तिकै काठमाडौंमा आएर परिचित भएन होला, म जसरी। अझै त्यसमा पनि म एक महिला पत्रकार।

२ महिनाको काठमाडौं बसाईसँगै रिपोर्टिङ गर्दा पहिलेको तुलनामा ममा धेरै परिवर्तन आयो। यो अवधिमा काठमाडौंमा चुपचाप बसेको भए मैले केही सिक्ने थिईन होला। हिजो खुलेर कुरा गर्न समस्या हुन्थ्यो। म आज म अरुसँग सहजै कुराकानी गर्न सक्ने भएकी छु, बोल्छु पनि। त्यही भएर काम नगरी बाजुरा बस्ने भन्दा तीन गुणा बढी काठमाडौंको मान्छेसँग परिचित छु। मेरो आत्मविश्वास बढेको छ। सबैसँग बोल्नु पर्ने र अरुका कुरा सुन्नु पर्ने भएर पनि होला नयाँ मानिससँग कुरा गर्ने बानीको विकास भएको छ।

अरुले मलाई नचिने पनि, मैले मसँग एक दिन परिचय गरेको मान्छेसँग अर्को दिन भेट भए चिन्छु। मसँगैको मान्छे २ महिनासम्म आफू बसेको घरवरीपरीको छिमेकी र बाजुराबाट आएका मान्छेसँग मात्र परिचित छ। यो मेरो पत्रकारिता पेशाले मलाई दिएको प्रेरणा हो। म मेरो पेशालाई सम्मान गर्छु। मैले कलम चलाउँदा चलाउँदै पनि मेरो पत्रकारिताले कहिले पूर्णता पाउला भन्ने मेरो मन भित्र प्रश्न जाग्दै, सिक्दै उब्जिदै आएका छन्, तर मेरो लेखनले कहिल्यै पुर्णता पाउने छैन।

मेरो पेशाले कहिल्यै पुर्णता पाउने म देख्दिनँ। मैले यहि पेशालाई आत्मसाथ गरेर अगाडी बढाएँ, तनमन लगाएँ भने पनि मैले यसलाई कहिल्यै पूर्णता दिन सक्ने छैन। जति म मेरो कलम चलाउँछु अनि मेरो कलमले मलाई भन्नेछ, अझै तिमीले धेरै लेख्न बाँकी छ। विहानदेखि बेलुकासम्म मैले कलमलाई साथी बनाएकी छु। कलमले लेख्न खोजेका अक्षर कलमले नै खोज्न लगाउँछ। म कलम पछाडी नै जान्छु । अनि कलमले भन्छ, नानु मैले काम गर्ने ठाउमाँ तिमी पुग्यौ, २ अक्षर भए पनि लेख है।

काठमाडौंमा आएपछि मैले कलमलाई हातमा राखे कापीलाई पिठ्युमा। यो पनि मेरो कलमले भनेको हो। तिमी पहिले सिमित ठाउँ हिड्दै थियौं, अहिले तिम्रो बाटो फाराकिलो भएको छ। कापी बोक्न झोला पनि सँगै बोक है भन्छ मेरो कलमले। म मेरो कलमले जे भन्छ उसले देखाएको बाटोतिर हिँड्दै काठमाडौंमा छु।

उ त्यो मानव विकास सुचाकांकको अन्तिममा परेको बाजुरा जिल्लामा जन्मिएर काठमाडौंमा पत्रकारिता गर भनेर मेरै कलमले मलाइ आदेश दियो। म अहिले कलमसँगै लडाई गर्दैछु। रातदिन उसैसँग मेरो वादविवाद हुन्छ। तिमीले प्रगति गर्न अझै बाँकी छ। अनी फेरी पनि भन्छ, तिमी मसँगै लड र मलाई तिम्रो कापीको पाना भरी रगेड तब तिम्रा पाईला सफलतातिर लम्किन सक्छन्।

म मेरो कलमको आदेशलाई मान्न खोज्छु, उसले बनाएका आचारसंहितालाई आत्मसात गर्न खोज्छु र पनि मैले कलमलाई जित्न सक्दिन। मेरो कलम मैले नलेख्दा रिसाउँछ, तिमी किन टोलाएर बसेको ? फुर्सदको बेला मलाई सदुपयोग गर भनी हाल्छ। अनि म पनि त के कम !प्रतिप्रश्न गर्छु। म हुँदै नभएको, देख्दै नदेखेको के लेखुँ ? मेरो कलमले मलाई आदेश दिन्छ – सुरुमा भन्छ हुँदै नभएको नलेख, सुनेको भरमा नलेख, अरुले भनेको आधारमा नलेख, आफैँ जाउ, सम्वन्धित मान्छेका कुरा सुन, त्यही ठाउँ जाउ, घुम, हेर, विचार गर तब मलाई तिम्रो कापीमा केरकार गर।

अझ फेरी भन्छ, मैले कोरेका कुरा सबै स्वच्छ हुँदैनन् त्यसमा पनि ध्यान दिँदै जाउ, म कत्ति पनि थाक्ने छैन। मेरो अलि अल्छी गर्ने बानी प्रति मेरो कलम सधैँ रिसाईरहन्छ, कलमका आदेश कति छन् कति। एकै ठाउँमा बस्नु हुन्न रे। उसले भन्छ मलाई थकाउनको लागि तिमी धेरै ठाउँ जानुपर्छ।

घरदेखि गाउँ, गाउँदेखि समाज, समाजदेखि सहर र सहरदेखि दुनियाँमा पुग भनिरहेको छ मलाइ मेरो कलम।

अझ अर्कै कुरा सम्झाउँछ। नानु मलाई रेट्न नसके तिमीसँग भएको किताब हेर ध्यान देउ। त्यसबाट तिमीले धेरै ज्ञान लिने छौ। त्यहाँ भएका अनौठा कुरालाई कापीमा टिप। तिमी वरीपरी कति कुरा अनौठा छन, देख्दै आएकी छौ, तर तिमीमा संकोच छ जस्तो लाग्दै छ मलाई।

तिमी जसको पनि डर, धम्की र त्रासलाई आत्मसाथ गर्दै जाउँ, जसरी मसँग लडीरहेकी छौ तिनीहरूसँग त्यसरी नै लड! नानु म तिमीलाई सधैँ साथ दिनेछु। मलाई पनि एक्लो नछोड।

तिमी म जस्तो एक्ली छैनौं। घरपरिवार, समाज छ तिमीसँग। उनीहरूका कुरा पनि त तिमीले आत्मसात गर्नु छ। काम गरेर देखाउनु छ। यो संसारमा अरु जसरी नै रमाई रमाई स्वच्छ जिन्दगी बाँच्नु छ। मलाई थाहा छ, तिमी नारी हौ। तिमीहामीले यो समाजमा भएका विकृति विसंगतीलाई चिर्न अझै बाँकी छ। यसका लागि मलाई जती रेट्नु छ रेट।

म कहिल्यै थाक्दिन। तिम्रो हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्नेछु। तिमी त कस्तो राम्रो परिवारमा हुर्केकी हौ। आमाबुवाको प्यारो भएर बसेकी थियौ, तर आमाबुवाबाट छुटि्एको पनि त दुई महिना भईसक्यो है। तिमी अर्काको ठाउँमा जानु त कहाँ हो कहाँ, देखेकीसम्म थिइनौं।

हेर सहर भनेको हुने खाने मान्छेका लागि मात्र हो। तिमी जस्तालाई साह्रै दुःख छ सहरमा। तिमीले थाहा पाईसक्यौं। सहरका मान्छेको गाउँका मान्छेप्रति हेर्ने दृष्टि असाध्यै नराम्रो छ। अरुका कुरा कति बुझ्न खोज्छन् है। आफ्ना कुरा लुकाएरै राख्छन्, सोध्दा पनि प्रश्नको उत्तर दिन हिच्किचाउँछन्।

मेरो कलमको आदेश छ — भएजति सके सकेजति विकृति विसंगतीलाई बाहिर ल्याउ।  अवश्य कलमलाई साथ लिएर अगाडी बढ्ने नै छु। यो मेरो कर्तव्य हुनेछ। एक न एक दिन म मेरो कलमलाई उछिनेर अगाडी जानेछु। अहिले मेरो कलमको र मेरो प्रतिस्पर्धा चलिरहेको छ। यो प्रतिस्पर्धामा मेरै जित सुनिश्चि छ। बाजुरादेखि सरुवा हुँदै काठमाडौं आएको कलमले कसरी मलाई स्थापित गराउँछ त्यो हेर्न बाँकी छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: