पश्चिमाञ्चल पत्रकार महिलालाई फिचर लेखन तालिम


प्रकाशित मिति :2016-02-28 11:03:35

महिला खबर
pic pkhफागुन। संचार क्षेत्रमा पत्रकार महिलाको गुणात्मक वृद्धि गराउने उद्देश्यले पोखरामा तीन दिने फिचर लेखन तालिम शुरु भएको छ।

संचारिका समूह पश्चिमाञ्चलको आयोजनामा संचालित सो तालिमको उद्घाटन गर्दै पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले संचार क्षेत्रमा महिलाको गुणात्मक वृद्धिले समाज रुपान्तरणमा भुमिका खेल्ने बताउनु भयो।

उहाँले फिचर लेखन तालिमपछि पत्रकारिता पेशालाई मर्यादित बनाउँदै तथ्यमा आधारित अनुसन्धानात्मक, सृजनात्मक र बहुआयामिक तरिकाले समाचार लेखनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका वक्ताहरूले तालिम पश्चात पेशागत मर्यादामा रहेर खोजी पत्रकारितामा जोड दिनु पर्ने बताए। ब्रोडकास्टिङ एशोसियसनका सचिव दुर्गा अधिकारी, पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय रुद्र भट्ट, सुस्मा पौडेल, संचारिका पश्चिमाञ्चलका संस्थापक अध्यक्ष दुर्गा भण्डारी, संचारकर्मी सरस्वती गुरुङ गोरखा पत्र संस्थान बोर्डका सदस्य नवराज सुवेदीलगायतले बोलेका थिए।

तालिममा कास्की, स्याङ्जा, लमजुङ, बागलुङ, पर्वत, तनहुँका २५ जना क्रियाशिल पत्रकार महिलाको सहभागिता रहेको छ। तालिममा वरिष्ठ पत्रकार मोहन मैनाली प्रमुख प्रशिक्षक हुनुहुन्छ। तालिमका लागि पोखरा उपमहानगर पालिका र जिल्ला विकास समितिको सहयोग रहेको अध्यक्ष जमुना वर्षा शर्माले जानकारी दिनु भयो।

प्रकाशित मितिः २०७२ फागुन १६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: