महिला खबर
बाजुरा । बाजुराको कोटिला १ बिरसैन बस्ने १६ वर्षीया एक किशोरी बिद्यालय जाँदा बाटोमा बलात्कारको प्रयास भएको छ । बिहीवार बिहान ४ बजेतिर कोल्टीमा रहेको मालिका उच्च माविमा जाँदै गर्दा उनीमाथि बलात्कारको प्रयास भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । कक्षा ११ मा अध्यनरत उनी बिहान घरबाट बिद्यालय जाने क्रममा बिच बाटोमा कोटिला कै २३ वर्षीय दिपक शाहीले बलात्कारको प्रयास गरेको पीडित किशोरीले बताईएकी छन् । हिँड्दाहिँड्दै बाटोबाट छोपेर तलतिर लिएर गएकोे र बलात्कार गर्न खोज्दा आफू चिच्याएर बचेको उनले बताइन् ।
बाटोमा खच्चर लिएर मानिसहरू आएपछि आफू बाँच्न सफल भएको पीडित किशोरीले बताइन् । बाटोबाट घिसारेर तल लगि मुख छोपेर भुईंमा लडाएको उनले वताईन् । पीडित किशोरीले न्यायको लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिएकी छन् ।
बलात्कारको प्रयास गर्ने अभियुक्त शाही प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी प्रमखु डिएसपी श्याम प्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । पीडितले जिल्ला प्रहरी कार्यालय बाजुरामा जबरजस्ति करणीविरुद्ध मुद्दा दर्ता गरेको र शाहीमाथि थप छानविन भईरहेको प्रहरीले जनाएको छ । गाँउबाट जनप्रकाश उच्च माबि पुग्न १ घण्टा समय लाग्छ ।
बाजुरा जिल्लामा महिलामाथि हिंसा बढदै गएपनि कानुनी कार्वाही भन्दा पैसामा मिल्ने गरेको पाईएको छ । केही घटना जिल्ला तहमा नपुगी गाँउमै गैरकानुनी तरीकाले मिलापत्र हुने गरेको ईन्सेक बाजुराका प्रतिनिधि पदम बहादुर सिंहले वताएका छन्
प्रकाशित मिति :२०७२ फागुन १६ गते अाईतवार
Comment Here!