दीप बहादुर घर्ती
जाजरकोट । जिल्ला शिक्षा कार्यालय जाजरकोटले महिलामैत्री परिक्षा केन्द्रको अभ्यास गरेको छ । स्थायी अध्यापन अनुमति पत्र लिनका लागि गरिएको परिक्षामा जिल्ला शिक्षा कार्यालयले महिलाको मात्र छुट्टै केन्द्र तोकेको थियो । भेरी मालिका नगरपाली ४ वोहराको बुद्धी निम्न माध्यामिक विद्यालयमा रहेको परिक्षा केन्द्रलाई महिलामैत्री परिक्षा केन्द्र भनेर तोकिएको थियो ।
उक्त परिक्षा केन्द्रमा केन्द्राध्यक्ष, गार्ड, सुरक्षकर्मी र सहयोगी सबै महिलालाई राखेको जिल्ला शिक्षा अधिकारी ललित सिंहले जानकारी दिनुभयो । निम्न माध्यामिक तहको थायी अध्यापन अनुमति पत्र परिक्षाका लागि जिल्लाले ९ वटा परिक्षा केन्द्र तोकेको सिंहले जानकारी दिनुभयो ।
सोही परिक्षा केन्द्रको केन्द्राअध्यक्ष महिला तथा बालबालिका कार्यालय प्रमुख प्रज्ञा निरौला, सहायक केन्द्राध्यक्षमा सुमन खनाल र मेनुका शाही रहुन भएको थिए भने परिक्षा केन्द्र सुरक्षाका लागि सबै महिला सुरक्षकर्मीलाई परिचालन गरिएको थियो ।
सो परिक्षा केन्द्रमा १ सय ५० जना महिलाको सहभागिता रहेको जिल्ला शिक्षा कार्यलयले जानकारी दिएको छ । महिलाले सञ्चालन गरेको परिक्षा केन्द्र निकै मर्यादित रुपमा सम्पन भएको केन्द्राध्यक्ष प्रज्ञा निरौलाको भनाइ छ । लैङ्गिक समानताको नयाँ अभ्यासका लागि महिलामैत्री परिक्षा केन्द्र बनाईएको जिल्ला शिक्षा अधिकारी सिंहको भनाइ छ ।
पुरुष सहभागी रहेको परिक्षा केन्द्रहरू शिव व्यवसायी मावि कालेगाउँमा २ सय १०, त्रिभुवन उमावि खलंगा क मा २ सय ८५, त्रिभुवन उमावि खलंगा ख मा २ सय ८०, भेरी ज्ञानोदय क्याम्पस खलंगामा २ सय, शान्ति ज्ञानकुन्ज निमावि खलंगामा १ सय ५०, कस्तुरी सहकारी निमावि खलंगामा १ सय ५०, त्रिभुवन निमावि रिसाङमा १ सय ८० र प्रावि द्धितिय वढुवा परिक्षाका लागि भेरी ज्ञानोदय क्याम्पस खलंगामा ४४ जना रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । शनिवार भएको परिक्षामा जम्मा १६ सय ४९ जना परिक्षार्थी सहभागी थिए ।
प्रकाशित मिति २०७२ फागुन १६ गते अाइतवार
Comment Here!