नन्दा थापा
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियूको २२ औ राष्ट्रिय महाधिवेशनमा खुला र आरक्षणमा गरी ६२ जना महिला निर्वाचित भएको नवनिर्वाचित केन्द्रिय सदस्य मर्यादा बिष्टले बताउनु भएको छ । काठमाडौंमा गत मंगलबार सम्पन्न महाधिवेशनमा ११५ जना महिलाले निर्वाचनमा भाग लिएका मध्ये ६२ जना निर्वाचित भएको बिष्टले बताउनुभयो ।
पदाधिकारीमा ३ जना, सचिवालयमा ९ जना, अनुसासन आयोगमा २ जना, पूर्वाञ्चल विश्व विद्यालयबाट १ जना, पोखरा विश्व विद्यालयबाट १ जना र रापसमा ४७ जना महिला निर्वाचित भएकोे महिला खबर डटकमलाई जानकारी दिनुभयो । उहाँले महिला विभागमा सचिवालयबाट एक जना महिलालाई कमिटिको पहिलो बैठकबाट मनोनित गरी जिम्मेवारी दिईने बताउनुभयो ।
अध्यक्षमा नविना लामा, उपाध्यक्षमा सुनिता बराल र सचिवमा आरती लामा निर्वाचित हुनु भएको छ । उहाँले भन्नुभयो ‘सचिवालय सदस्यमा उन्नती केसी, एसु लामा, कल्पना थापा, कल्पना बाईबा, केशरी रेग्मी, म¥यादा विष्ट, सम्झना अधिकारी, सरिता पुरी र सुजाता पोखरेल निर्वाचित हनुभएको छ । त्यस्तै अनुसासन आयोगको अध्यक्षमा निशा अधिकारी र सदस्यमा निशा चापागाई निर्वाचित भएको उहाँले बताउनुभयो ।
सगरमाथा अञ्चलबाट सिता फुयाल र रिना परियार, जनकपुरबाट अर्चना चौधरी र मुन्नी शाह, नारायणीबाट ईन्दिरा दाहाल, यसोदा हुमागाई र विद्या श्रेष्ठ र बाग्मतीबाट अमृता उप्रेती, विष्णु काव्रेली र विजया तिवारी निर्वाचित भएका छन्
यसैगरी राष्ट्रिय परिसद सदस्य पोखरा विश्व विद्यालयबाट गोमा रानाभाट र प्रश्ना शाही तथा राष्ट्रिय परिसद सदस्य नेपाल सस्कृत विश्व विद्यालयबाट सिता भेटवाल, राष्ट्रिय परिसद सदस्य नयाँ विश्व विद्यालय क्षेत्रबाट संगिता न्यौपाने र राष्ट्रिय परिसद सदस्य टीएसएएनबाट सुनिता सुवेदी र राधा ढकाल निर्वाचित भएका छन् ।
यसैगरी गण्डकी अञ्चलबाट प्रतिक्षा पौडेल, सकुन्तला देवकोटा र सन्ध्या अधिकारी तथा लुम्विनीबाट अनिता न्यौपाने, विन्दु गौतम र सारदा, धौलागिरीबाट ईन्दु केसी, युटिन गुरुङ्ग राप्तीबाट कौसीला केसी र सावित्रा विक निर्वाचित भएको विष्टले जानकारी दिनुभयो ।
विष्टका अनुसार कर्णालीबाट राजु शाही, भेरीबाट उमा खड्का र सुधा गुरुङ्ग, सेतीबाट अनिता पार्की र निरुता खत्री, महाकालीबाट कल्पना पाल, मेचीबाट अमृता नेपाली, कला ढुंगेल र कोशीबाट बन्दना बानीयाँ, सर खत्री र सुवेक्षा राई निर्वाचित भएका छने ।
विष्टले पदाधिकारीमा १ जना, सचिवालयमा ७ जना, र राष्ट्रिय परिसद सदस्यमा प्रत्येक अञ्चलबाट एक एक जना महिला हुनुपर्ने अनेरास्ववियूको विधानमा रहेको बताउनु भयो । ४ सय १९ उम्मेदवार मध्ये १ सय १५ महिलाको उम्मेदवारी परेको थियो । अझै केही केन्द्रिय सदस्य मनोनीत गर्न बाँकी रहेको उहाँको भनाई छ ।
प्रकाशित मिति २०७२ फागुन १६ गते आइतवार
Comment Here!