महिला खबर
काठमाडौं। गैरसरकारी संस्था महासंघ नेपाल काठमाडौं शाखाको अध्यक्षमा रञ्जु नापित चयन हुनुभएको छ। आईतबार सम्पन्न अधिवेशनले नापितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा प्रदिप डंगोल, सचिवमा चिरन्जीवी अधिकारी, सहसचिव गोकुल सापकोटा र कोषाध्यक्षमा राम भट्टराई चयन भएको नवनिर्वाचित सदस्य शोभा आचार्यले जानकारी दिनुभयो।
अन्य सदस्यमा रत्न उप्रेती, अमर अधिकारी, धनप्रसाद आचार्य, पम्फा परियार, शोभा आचार्य, सरिता श्रेष्ठ चयन हुनुभएको छ।
प्रकाशित मितिः २०७२ फागुन १७ गते साेमवार
Comment Here!