महिला खबर
काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सञ्चार सम्बन्धी उच्चस्तरीय समितिमा मनोनित भएका पत्रकार निर्मला शर्मा र शुभेच्छा विन्दु तुलाधरलाई सोमबार काठमाडौंमा सम्मान गरिएको छ ।
सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा र क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) का अध्यक्ष शुभेच्छा विन्दु तुलाधरलाई डब्लूडब्लूजेका संस्थापक अध्यक्ष संगिता लामाले खादा ओढाएर सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै पत्रकार संगिता लामाले सञ्चार सम्बन्धि गठन हुने उच्चस्तरीय सरकारी समितिहरूमा पत्रकार महिलालाई समावेश नगर्ने अहिलेसम्मको इतिहासलाई तोड्दै पत्रकारद्वयलाई नियुक्त गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
पत्रकार लामाले महिलाले काम गर्न सकेनन् भन्दै बद्नाम गर्ने परिपाटी तोड्न पत्रकार शर्मा र तुलाधारलाई आग्रह गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै पत्रकार निर्मला शर्माले आफूहरू समग्र पत्रकार महिलाको प्रतिनिधित्व गर्दै समितिमा पुगेकोले सबैको सल्लाह सुझाव बमोजिक काम गर्ने बताउनुभयो ।
त्यस्तै पत्रकार शुभेच्छा विन्दु तुलाधारले सरकारले गरेको यो कार्यले विभिन्न सामाजिक तथा आर्थिक समस्याका बावजुद पनि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार महिलालाई प्रोत्साहन मिल्ने बताउनुभयो ।
प्रकाशित मिति: २०७२ फागुन १८ गते सोमवार
Comment Here!