महिला खबर
सुनसरी । सुनसरीको छिटाहाकी एक किशोरीले आफ्नाे विवाह रोक्न प्रहरीलाई गुहारेकी छन् । आफ्ना बुबा–आमाले आफूलाई गुमराहामा पारेर विवाहित केटासँग विवाह गराउन खोजेको भन्दै उनले विवाह रोकिदिन र अाफूलाई सुरक्षा दिन प्रहरी गुहारेकी हुन् ।
छिटाहा गाविस वडा नम्बर ४ की २० वर्षीया अनिताकुमारी चौधरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गरेर विवाह रोकाई शान्तिसुरक्षा कायम गर्न माग गरेकी हुन् । उनले आफ्नै बुवा गङ्गालाल चौधरीले आफ्नो इच्छा विपरीत चिमडीका विवाहित श्रवण चौधरीसँग विवाह गरीदिन लागेको र केटा शारीरिक रुपमा अपाङ्गतासमेत रहेको थाहा पाएर आफूले उजुरी गर्न आएको उजुरीपत्रमा उल्लेख गरेकी छन् ।
चौधरीका अनुसार घरमा आफूलाई दबाब दिएर फागुन १७ गते राती सोही केटासँग विवाह गराउने प्रयास भएको र विवाह गर्न नमान्दा आफूलाई कुटपिटसमेत गरेको बताइन् ।
परिवारवाट विवाहको दबाब बढेपछि दाजु जयप्रकाशको सहयोगमा अनिताले प्रहरीमा उजुरी दिएकी हुन् । आईतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उनको शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन आदेश दिएको छ ।
प्रकाशित मितिः २०७२ फागुन १७ गते साेमवार
Comment Here!