काङ्ग्रेस महाधिवेशनमा हराउनुपर्ने प्रवृति


प्रकाशित मिति :2016-03-01 11:36:36

पम्परावादी पितृसत्तात्मक संस्कार बोकेको हुनाले अहिले पनि नेपाली काङ्ग्रेसभित्र महिलालाई नेतृत्वमा सहजै स्वीकार गरिँदैन। महाधिवेशनले यो प्रवृतिलाई हराउनु जरुरी छ।

दुर्गा कार्की

काठमाडाै‌ं । ‘आठ वर्षसम्म आउन नसकेको संविधान नेपाली काग्रेंसले ल्यायो। ३३ प्रतिशत महिला प्रतिनिधित्वसहितको संविधान आएको छ। अव पार्टीमा एकतिहाइ महिला सुनिश्चित नगरेर कसरी हुन्छ ?’ केन्द्रीय सदस्य पुष्पा भुसाल भन्छिन्। नेपाली काग्रेंसले आफ्नो नीति तथा कार्यक्रममा पनि एकतिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्ने भनेको छ। अव यो अनुसार विधानमा पनि सुनिश्चित गर्नुपर्ने भुसाल बताउँछिन्।

Pushpa

नेपाली काग्रेंसको भगिनी संगठन नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौलाले नेपाल महिला संघले अहिले १४ वटै अञ्चलमा छलफल गरेर जिल्ला अधिवेशनमा विधानमै एक तिहाइ महिला सहभागिता हुनुपर्ने संशोधन प्रस्ताव गरेको बताइन्। उनी भन्छिन् ‘पार्टीको तल्लो निकायदेखि नै महिलाको एक तिहाइ सहभागिता सुनिश्चित १२ औं महाधिवेशन मै गर्न सकेको भए अहिले परिणाम मै देखिने थियो।’

महिलाको एक तिहाइ सहभागतिाका लागि लामो समयदेखि राजनीतिमा स्थापित महिलाहरू पुरुषसँग खुला प्रतिर्स्पधा गरेर आउनुपर्ने र नयाँलाई आरक्षणमा प्रतिस्पर्धा गर्न दिनुपर्ने सुझाव संग्रौलाको छ।

यहि विचार छ केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गरेकी प्रतिमा गौतमको पनि। संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर २ मा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग प्रतिस्पर्धामा उत्रिएर हारेकी गौतम पार्टीको विधानमा अहिले पनि आरक्षणमा ६ जना महिलाको कोटा भएकाले अहिले कै कार्यसमितिमा एक तिहाइ महिला पुर्‍याउन पार्टीमा स्थापित महिला नेता खुल्लामा प्रतिस्पर्धा गरेर आउनुपर्ने सुझाउँछिन्।

पार्टीको संस्थापन पक्षबाट उम्मेदवारी दिने तयारीमा रहेकी उनले आफूले महिलाको मात्रै नभएर युवाको पनि नेतृत्व गरेकाले नयाँ सोच भएका पुस्तालाई पार्टीभित्र ठाउँ दिनुपर्ने बताउँछिन्। नेतृत्वबाट हरियो बत्ती पाएपछि उम्मेदवारी दिन लागेकी उनको पार्टीले सधैँ एउटै मानिसलाई अन्यायमा नराख्ने विश्वासमा छन्।

विद्यार्थी राजनतिदेखि नै सक्रिय गौतमलाई यदि तपाँइ हार्नुभयो र पार्टीले मनोनयन गर्न खोज्यो भने जानुहुन्छ कि हुन्न भन्ने महिलाखबर डट कमको जिज्ञाशामा उनले भनिन् ‘मनोनित भएर जानुको अर्थ छैन।’

Dr dila

विधान र नीति कार्यक्रम एकैचोटी पास हुने हुनाले अव विधान संशोधनका क्रममा महिला सचेत हुनुपर्ने नेता पुष्पा भुसाल बताउँछिन्। उनी भन्छिन् ‘पदाधिकारीमा बहुपदीय भएका भए हामीले हाम्रो उपस्थिती खोज्थ्यौं, यो भएन अब अहिले भएकै पदमा महिलालाई कुनै एउटा पदका लागि प्रतिस्पर्धामा उतार्ने कोशिस गर्छौ।’

नेपाली काग्रेंसले १२ औं महाअधिवेशनपछि मात्र महिलाका लागि ६ वटा सिटमा आरक्षणको व्यवस्था गरेको थियो। यसैगरि दलित, जनजाति र मधेशीका लागि आरक्षित पाँच वटा कोटामध्ये पनि २ जना महिला हुनुपर्ने र १ जना महिला मनोनित गर्ने व्यवस्था विधानमा छ । नेपाली कागे्रंसको ८५ जनाको केन्द्रीय कार्यसमितिमा १३ जना अर्थात लगभग २१ प्रतिशत महिला वर्तमान कार्यसमितिमा छन्। भुसाल भन्छिन् ‘अव यसलाई एकतिहाइ नजिक पुर्‍याउने कोशिश हाम्रो रहन्छ। केन्द्रीय समितिले हाम्रो प्रस्ताव पारित नगरेपनि महाधिवेशनमा वा महासमितिमा हामी लड्नेछौं। ‘

यसैगरि जिल्ला कार्यसमिति १० जना मध्ये ६ जना महिला हुनुपर्ने व्यवस्था विधानमा छ। जिल्लामा पनि निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ। एउटामात्रै क्षेत्र भएको जिल्लामा ३ जना महिला जिल्ला कार्य समितिमा आउँछन् भने २ र ३ वटा क्षेत्र भएका जिल्लामा २ जना महिला र ४ भन्दा बढी क्षेत्र भएको जिल्लामा एकजना महिला जिल्ला कार्य समितिमा आउने व्यवस्था छ। यो व्यवस्था क्षेत्रमा गरिएको छैन। ‘जिल्लामा गरिएको यो सहभागिता पदाधिकारीमा होइन, सदस्यमामात्रै हो जसको कुनै अर्थ छैन’ भुसाल भन्छिन्।

त्यसैले अव महिलाको चासो पार्टीका संरचनामा महिला छन् कि छैनन, यी संरचनाको निर्णायक तहमा महिला छन कि छैनन्, यसमा विधानले व्यवस्था गरेको छ कि छैन भन्नेमा हुनुपर्ने भुसालको भनाइ छ।

गाउँ, जिल्ला र क्षेत्रीय सभापतिका लागि महिला हुनुपर्ने व्यवस्था विधानमा छैन। भुसाल भन्छिन् …यहि कारण अहिले खुल्लाबाट प्रतिस्पर्धा गरेर जिल्ला सभापतिमा जम्मा तीन जनामात्रै महिला आए। यसकारण पार्टीका संरचनामाहरूमा जबसम्म महिलाका लागि आरक्षणको व्यवस्था हुँदैन तबसम्म राजनीतिक शसक्तिकरण हुँदैन।’

Pratima gautam

त्यसैले क्षेत्रीय वा जिल्ला कार्यसमितिमा पदाधिकारीमा महिलाको संख्या बढाउन सके पार्टीको निर्णायक ठाउँमा र पार्टीले राष्ट्रिय राजनीतिमा निर्णायक भुमिका खेल्ने ठाउँहरूमा महिला ल्याउन सक्ने उनको भनाइ छ।

नेपाली काग्रे‌ंसका सक्रिय सदस्य अहिले साढे ४ लाख छन्। यसअघि १२ औं महाधिवेशनमा साढे २ लाख थिए। दोब्बर सदस्य बढे। यी मध्ये १० प्रतिशत पनि महिला छैनन्।

१३ औं महाधिवेशनका लागि २४० निर्वाचन क्षेत्रबाट ४८० महिला महाधिवेशन प्रतिनिधि छन्। यीनै मध्येबाट २४० महासमिति सदस्यका लागि लड्छन्। भ्रातृ संस्था, १७ वटा विदेश र सुभेच्छुक संस्थाका गरि १३ औं महाधिवेशनमा ६०० महिला महाधिवेशन प्रतिनिधि हुनेछन्।
सक्रिय सदस्य बनाएर सहभागिताको मात्रा बढाउन सकिएपनि निर्णायक पदहरूमा विधानले महिला आउने व्यवस्था अनिवार्य गर्‍यो भनेमात्र नीति निर्माणमा शसक्त भुमिका खेल्न सकिने भुसालको ठम्याइ छ। उनका भनाइमा, यसका लागि अव महिलाका लागि प्रदेश, स्थानीय र गाउँको निर्वाचनमा पार्टीले नेतृत्व स्थापित गर्नुपर्छ।

काग्रेंसको जिल्ला कार्य समितिलाई उम्मेदवार शिफारिस गर्ने र केन्द्रलाई उम्मेदवारी दिने अधिकार हुन्छ। जिल्ला कार्यसमितिमा निर्णायक ठाउँमा उपस्थिति नभएका कारण महिलाले नेतृत्व स्थापित गर्ने अवशर नपाएको भुसाल बताउँछिन्। ‘काङग्रेसमा परम्परावादी, रुढीबादी संस्कार भएको नेतृत्व हुनाले अहिले पनि महिलालाई सहजै स्वीकार नगर्ने प्रबृत्ति छ,’ उनी भन्छिन्।

अहिलेको महाअधिवेशनमा विधान संशोधनपछि निर्वाचन हुने भएकाले केन्द्रमा संशोधित विधान अनुसार महिला सहभागिता गराउन सकिन्छ। तर, स्थानीय संरचनामा अधिवेशनहरू सम्पन्न भइसकेकाले यो व्यवस्था तत्काल गर्न सकिँदैन। महाधिवेशनपछिको केन्द्रिय कार्य समितिमा महिला पदाधिकारीमा धेरै भए भने तत्काल महासमितिको बैठक बोलाएर (नेपाली काग्रेंसको महासमितिले २ तिहाइ बहुमतले विधान संशोधन गर्न सक्छ, यसमा २४० जना महिलाको उपस्थिति हुन्छ) महिलाका एजेण्डालाई केन्द्रीय कार्यसमितिका महिलाले तल्लो संरचनामा महिला नेतृत्व स्थापित गरि अव हुने चुनावमा महिलालाई उठाएर उनीहरूको भूमिका र नेतृत्व बढाउन सम्भव हुन्छ।

नेपाली काग्रेंसले पार्टीको संरचना प्रदेश अनुसार ढाल्दै छ। आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठन गरेको विधान संशोधन समितिले पेश गरेको अञ्चलबाट प्रदेशमा जाने विधान संशोधन प्रस्ताव पारित भएको छ।

अब सातवटा प्रदेशमा निर्वाचन गर्दा प्रदेशका लागि हुने २ जना केन्द्रीय सदस्यको निर्वाचनमा एकजना महिला हुनुपर्ने आवाज महिलाले पार्टीभित्र उठाइरहेका छन्। यसको कार्यान्वन हुने नहुने महाधिवेशनको हलले गर्ने निर्णयमा भर पर्दछ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: