महिला खबर
धनगढी । कैलालीका दलित महिलाले राजनैतिक क्षेत्रको नेतृत्व तहमा दलित महिलाको सहभागिता हुनुपर्ने बताएका छन् । अन्तरपार्टी दलित महिला सञ्जालको राजनैतिक सहभागिता अभिबृद्धि परियोजना अन्तर्गत दलित महिला सघं कैलालीले आयोजना गरेको कार्यक्रमा बोल्दै महिला नेताहरूले सो कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै अन्तरपार्टी महिला सञ्जाल कैलालीकी अध्यक्ष निरु रिजालले भन्नुभयो ‘विभिन्न पार्टीको नेतृत्वतहमा महिला सहभागिता छैन त्यसमा पनि दलित महिला त अझ पछाडी परेका छन् ।’ राजनैतिक दलले ठूला–ठूला मुद्धा उठाए पनि पार्टीभित्र महिलाका एजेण्डहरू त छैनन् नै उनीहरुले महिला कुन स्थानमा छन् भन्ने जानकारी समेत नराख्ने आरोप लगाउनु भयो ।
उहाँले राजनैतिक क्षेत्रमा महिलाको नेतृत्व तहमा पुग्नका लागि दलहरूले उनीहरूको क्षमता बढाने खालको अभिमुखिकरण कार्यक्रम गरी सक्षम बनाउनु पर्ने कुरामा जोड दिनुभयो । दलित महिला सघं कैलालीकी अध्यक्ष पुनम सिजापतिले दलित महिला आर्थिक र जातिगत रुपमा पछाडि परेकाले अब राजनैतिक तहमा दलित महिलालाई नेतत्व तहमा ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
मिनादेवी सोवले दलित महिला पनि पढेका र राजनैतिक गर्न सक्ने क्षमता भएकाले अब नेतत्व तहमा दलित महिला आउनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी नेता सिमा सोवले पार्टीले कुनै अवसर नदिएका कारण क्षमता भएपनि मुख्य पदमा पुग्न नसकेको बताउनुभयो ।
प्रकाशित मिति २०७२ फागुन १८ गते मंगलवार
Comment Here!