महिला खबर
कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेका छाउपडी गोठ धमाधम भत्काउन थालिएको छ । उक्त नपा अन्तर्गत अमरपुरका दर्जनभन्दा बढी छाउपडी गोठ सोमबार भत्काइएको हो । वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाको अगुवाइमा अमरपुरका १३ वटा छाउपडी गोठ भत्काइएको हो ।
छाउपडी प्रथा उन्मूलनका लागि सहकारीमा आबद्ध महिलाले योजनाबद्ध रुपमा छाउपडी गोठ भत्काउन थालिएको सहकारीकी अध्यक्ष द्वारीकादेवी कुँवरले बताउनुभयो । छाउपडी प्रथा हटाउन वर्षाैदेखि थालिएका प्रयास प्रभावकारी हुन नसकेपछि छाउपडी प्रथा हटाउन सचेतना फैलाउँदै गोठ भत्काउने अभियान थालेको कुँवरको भनाइ छ ।
‘अझै पनि गाउँका अधिकांश महिला महिनावारी भएका समयमा घरभन्दा टाढा रहेको गोठमा बस्ने गरेका कारण विभिन्न समस्या बल्झिने गरेकाले गोठ नै भत्काउने अभियान थालेका हौँ’ – उहाँले भन्नुभयो ।
छुट्टै गोठमा बस्दा बलात्कार हुने, जगंली जनावरले अाक्रमण गर्ने, सर्प, बिच्छीले डस्नेलगायतका समस्याका कारण सहकारीमा आबद्ध सबैजना महिला यसविरुद्ध लागेकाे उहाँले बताउनुभयाे ।
Comment Here!