सुन्दा अनौठो लाग्छ, दाईजोमा मृगौला !


प्रकाशित मिति :2016-03-01 15:48:17

अरुणा रायमाझी

ललितपुर । श्रीमानको मृगौलाले काम नगर्दा श्रीमतीले आफ्नो बुबासँग मृगौला मागेर बचाउँछन् । तर, श्रीमानले भने श्रीमतीको रोग पत्ता लागेपछि पनि उपचार नगरेका दर्जनौ उदाहरण छन् । घटना काठमाडौ उपत्यकाभित्रकै हो ।

एउटी महिलाले आफना श्रीमान बचाउन आफना बाबुसँग रोइकराई गरेपछि हालै बाबुले आफनी ‘छोरीको घर जोगाउन ज्वाइँलाई मृगौला’ दान दिएका छन् । पारिवारिक गोपनीयता कायम गर्न उनीहरूले घटनावारे विस्तृतरुपमा बताउन चाहेनन् ।

Untitled-12

थप जानकारीकाेलागि : Samakon Tv prg (मृगौला प्रत्यारोपणमा महिलाले भोगेका समस्या) S2-ep60 हेर्न सक्नु हुन्छ ।  (भिडियाे)

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रमुख डाक्टर पुकार चन्द्रश्रेष्ठ भन्नुहुन्छ, ‘लोग्ने बचाउन श्रीमतीले आफनो र माइतीबाट मृगौला उपहार दिएको उदाहरण छ ।’ अहिलेसम्म सयौँ जनाको मृगौला प्रत्यारोपण गरिसकेका डा. श्रेष्ठ भन्नुहुन्छ, ‘मृगौला लिने धेरैजसो पुरुष छन् भने दिनेमा महिला । यो लैंगिक रुपमा अत्यन्तै ठूलो विभेद हो ।’

नेपालमा उस्तै आर्थिक अवस्था भएको पुरुषको मृगौला काम लागेन भने उसको उपचार गराइन्छ, तर सामान्यतया महिलाको मृगौलाले काम गरेन भने उपचार गराइदैन । डा. श्रेष्ठका अनुसार, श्रीमानको उपचारका लागि श्रीमतीले घर सम्पत्ति पुरै बेच्ने मात्र होइन आफ्नो माईतबाट समेत खर्च जुटाउने गरेका उदाहरणहरू छन् । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले दिएको तथ्यांक अनुसार महिलामाथि हुने विभेदको चर्को र डरलाग्दो अवस्था मृगौला दिने क्रममा पनि देखिएको छ ।

मृगौला प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठका भनाइमा, ‘नेपालमा हरेक वर्ष तीन हजार मनिसको मृगौला बेकम्मा हुन्छ । तीमध्ये ९० प्रतिशतको ज्यान जानसक्छ ।’ मृगौला काम नलाग्ने हुनेमा महिला भन्दा पुरुषको संख्या केहि बढी छ । तर मृगौला बिग्रिएर मर्नेमा भने महिलाको सख्याँ बढी छ । मृगौला बिग्रनेमा धेरैजसो २० देखि ४० वर्ष उमेर समूहका मानिस छन् ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्र बितेका डेढ वर्षमा मृगौला प्रत्यारोपण गराउने मध्ये ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला थिए । मृगौला दान गर्नेमा भने ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष थिए । अर्थात्, अङ्गदान गर्नेमा महिला बढी छन् र लिनेमा सबै जसो पुरुष ।

मृगौला दान गर्ने एकजना महिला भन्छिन् ‘लोग्ने बाँचे पो जीवनको अर्थ हुन्छ । होइन भने मेरो के अर्थ ।’ तर नेपालका अधिकांश लोग्ने मानिसहरू ती महिलाका जस्तो धारणा राख्दैनन् । महिला र पुरुषबीच देखिएको यस्तो भेदभाव मेटाउन आरोग्य फाउनण्डेसनले महिलालाई मृगौला दिने पुरुषलाई रु.५० हजार दिँदै आएको छ ।

यो पैसा केन्द्र र आरोग्य प्रतिष्ठानले ब्योहोर्दै आएका छन् । आरोग्यले यसरी पैसा दिन थालेपछि डेढ महिनामा दुई जना महिलाले पुरुषबाट मृगौला पाएका छन् । मानिसमा चेतना जगाउन र महिलामाथि हुने भेदभाव हटाउन आरोग्यले यस्तो अभियान थालेको हो ।

प्रकाशित मिति : २०७२ फागुन १८ गते मंगलवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: