महिला खबर
काठमाडाैं । नयाँ शक्ति नेपालले महिला हिंसाविरुद्ध शून्यसहनशीलता अभियान सञ्चालन गर्ने भएको छ । नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालयको बैठकले देशैभरी महिला तथा वाल हिंसामा शून्यसहनशीलता अपनाउने निर्णय गरेको हो ।
नयाँ शक्तिको फागुन ६, गतेदेखि ४ दिनसम्म काठमाडाैंमा बसेको बैठकले महिला र वालवालिकामाथि हुने हिंसाका घटना अभिलेख गर्ने निर्णय समेत गरको छ । नयाँ शक्तिद्वारा जारि विज्ञप्तिमा भनिएको छ ‘सामाजिक अभियन्ताहरूले महिला र वालवालिकामाथि भएका हिंसाका घटनाको अभिलेखन गर्ने र त्यस्ता घटनाहरूको कानूनी उपचारकालागि पीडित पक्षलाई सहयोग गर्ने छन् ।’
स्थानीय तहमा पारालीगल कमिटीहरूसँग मिलेर सञ्चालन गर्ने र पीडितको थप कानूनी उपचारका लागि सहयोग गर्न पहिलो चरणमा नयाँ शक्ति नेपालको केन्द्रीय महिला विभागले महिला हेल्प डेक्स र कानुन ब्यवसायीको ब्यवस्था गर्ने विज्ञप्तिमा उल्लेख छ । ८ मार्चबाट सुरु हुने यो अभियानलाई देशब्यापी बनाइने विज्ञप्तिमा जनाइएको छ ।
Comment Here!