बलात्कारका आरोपी पक्राउ


प्रकाशित मिति :2016-03-02 11:41:05

रमला सिंगक

धनकुटा । धनकुटाकी १८ वर्षीय किशोरीलाई डर, धम्स्की देखार्ई पटक पटक जवरजस्ति करणी गरेको अभियोगमा एक व्यक्तिलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालीकाका ४५ वर्षीय धनवहादुर राईलाई पीडित किशोरीको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

अविवाहित ति किशोरीको उपचारको क्रममा जवरजस्तीकरणीबाट गर्भवती भएको थाहा पाएपछि सो रहस्य खुलेको हो । फागुन १६ गते किशोरी विरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल धनकुटामा ल्याई उनको पेटको भिडियो एक्सरे गर्दा पेटमा ३० हप्ताको बच्चा रहेको जिल्ला अस्पतालले  रिर्पोट दिएको थियो ।

किशोरीलाई वच्चा कसको हो भनी सोधी खोजी गर्दा राईले २०७२ श्रावण महिनादेखि गत माघ महिनासम्म ललाई फकाई र डर धम्की देखाएर पटक पटक जवरजस्तिकरणी गरेको पीडित  किशोरीले बताएपछि सो रहस्य खुलेको थियो ।

आरोपी राईले यो कुरा कसैलाई भने मारि दिने धम्की दिएका कारण कसैलाई नभनेको किशोरीले बताएकी छिन् । आरोपी राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति २०७२ फागनु १९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: