गाउँका आमालाई सञ्चार तालिम


प्रकाशित मिति :2016-03-02 12:08:41

 महिला खबर

गुल्मी  । गुल्मी जिल्ला समाज युकेको आर्थिक सहयोगमा गुल्मी जिल्ला दोहलीका आमाहरूलाई सञ्चार सम्बन्धि तालिम दिएको छ ।

सञ्चारिका समूह, सेवा सञ्चार गुल्मी र क्रियाशील पत्रकार महिलाले संयुक्त रुपमा आयोजना गरेको सो तालिममा दोहलीका साथै सोही आसपासका विभिन्न समूहमा आबद्ध २२ जना महिलाको सहभागिता रहेको थियो ।

गाँउगाँउमा आमा समूह र महिला समूहहरू छन् र विभिन्न सामाजिक कार्यमा सक्रिय रहन्छन् तर पनि समाचार आइरहेको हुँदैन । समाचार कहाँ कसरी पठाउने भन्ने बिषयमा जानकारी नहुँदा धेरै कुरा गुपचुप रहेकाले यो तालिमको आयोजना गरेको सेवा सञ्चार गुल्मीका अध्यक्ष गंगा खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘अब सबै नागरिक सूचना प्रवाह गर्ने हुन सक्नुपर्छ अन्यथा समाजका हरेक सकारात्मक कुरा बाहिर आउन सक्दैनन् । सञ्चारले विश्वलाई एकै ठाउँमा बनाइरहेको अवस्थामा ग्रामिण क्षेत्रका आमाहरू सञ्चारबाट कत्ति पनि बञ्चित हुन नपरोस् त्यसैले तालिमको आयोजना गरेका हौ ।’

तालिममा सहभागि महिला समूह दोहलीका अध्यक्ष तारा अर्यालले आफूहरूलाई सञ्चार वा नेतृत्व विकास सम्बन्धि तालिमको अभावमा आफ्नो ठाउँमा हुने क्रियाकलापबाट बञ्चित रहेको बताउँदै यस्ता तालिम आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

३ घण्टाको बाटो हिडेर तालिममा सहभागी दोहली ९ का रिता अधिकारीले सञ्चार तालिमले आफूलाई केहि हदसम्म बोल्न र सञ्चारको महत्व बुझाएको बताउनुभयो ।

कार्यक्रममा दोहली गाविसका सचिब तथा कार्यक्रमका अध्यक्ष भिम प्रसाद पोख्रेलले आफ्नो गाउँमा तालिम पुर्याएकोमा धन्यवाद दिनुभयो ।

दोहली श्रोतकेन्द्रका श्रोत व्यक्ति तथा कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर कुंवरले सञ्चार तालिम गाउँका आमालाई आवश्कता रहेको बताउनुभयो ।

प्रकाशित मिति २०७२ फागनु १९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: