महिला खबर
काठमाडौं । नेपाली काग्रेंसका नेता सुजाता कोइरालाले अाैपचारिक रुपमा पार्टी सभापति पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । मण्डिखाटारस्थित आफ्नै निवासमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी नेता कोइरालाले पार्टी सभापति पदका लागि औपचारिक
उम्मेद्वारी घोषणा गर्नुभएको हो । कोइरालाले आफ्नो अडानबाट आफू पछाडि नर्फकने पत्रकार सम्मेलनमा बताउनुभयो ।
नेपाली कांग्रेसमा बीपी र गिरिजाको राजनीतिक धारलाई रक्षा गर्न आफूले सभापति पदकाे दावेदारी प्रस्तुत गरेको उहाँकाे भनाइ थियो ।
कोइरालाले सभापतिमा आफ्नो उम्मेद्वारी दिएपनि अन्य टिमको भने घोषणा गर्नुभएको छैन।
Comment Here!