उधारो रक्सी नदिएको झोकमा हत्या


हत्या अाराेपमा तीनजना पक्राउ

प्रकाशित मिति :2016-03-02 15:10:25

सुमित्रा के सी
रुकुम। गत माघ ४ गते रहस्यमय ढंगले हत्या गरिएकी रुकुम खोलागाउँकी सुस्मिता शाहको हत्याको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
१७ वर्षीया सुस्मिताको हत्या भएको डेढ महिनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। हत्या आरोपमा पक्राउ पर्नेमा रुकुमको खोलागाउँ ५ का २५ वर्षीय यामबहादुर नेपाली, १६ वर्षीय ज्ञानेन्द्र राणा र सोही ठाउँकै १५ वर्षीय प्रेम खडका रहेका छन्।

उधारोमा रक्सी नदिएको र शाहको परिवारले जातिय भेदभाव गरेको भन्दै बदला लिन किशोरीको हत्या गरेको अभियुक्तहरूले बयान दिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक रुपेश खडकाले जानकारी दिनुभयो। अभियुक्त सबैले माघ ४ गते सुस्मिताको पसलमा रक्सी खाएका थिए । उनीहरूले उधारोमा थप रक्सी माग्दा नदिएको र सुस्मिताका बुवाले जातिय भेदभाव गरेको बदला लिन हत्या गरेको  स्वीकार गरेको डिएसपी खडकाको भनाई छ।

माघ ४ गते साँझ साढे ६ बजे घर नजिकैको सामाुदायिक वनबाट दाउरा लिएर आउने क्रममा सर्केना स्थित बुगाखोलामा सुस्मिताको हत्या गरिएको थियो । प्रहरीका अनुसार दाउरा लिएर आउँदै गरेकी सुस्मितामाथि आक्रमण गरी उनीसँग भएको सल घाँटीमा बेरेर केही अगाडीसम्म लतार्दै लगेर हत्या गरेको अभियुक्तहरूले बयान दिएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: