महिला खबर

पार्टी केन्द्रीय कार्यालय सानेपामा अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै का वा अध्यक्ष रामचन्द्र पाैडेल
ललितपुर। नेपाली काग्रेंसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान अनुसार विधान संशोधन गरेर पार्टीलाई समावेशी बनाउने बताउनुभएको छ। पार्टीको तेह्रौं महाअधिवेशनको तयारीका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले काग्रेंस कै नेतृत्वमा देशले नयाँ सविंधान पाएकाले पार्टीलाई पनि त्यही अनुसार रुपान्तरण गर्न महिला, जनजाति,दलित, मधेशीलगायतको सहभागितामा समावेशी सिद्धान्त अनुसार विधान संशोधन गर्ने बताउनुभएको हो।
पार्टीले महाअधिवेशन मै विधान संशोधन गरेर समावेशी बनाउन चाहेको भएपनि आन्तरिक विवादका कारण यो हुन नसक्ने देखिएकाले महाधिवेशनलगत्तै संशोधन गरेर पार्टीलाई देशको नयाँ स्वरुप अनुसार रुपान्तरण गरिने वचन उहाँले दिनुभयो।
पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता शेर वहादुर देउवाले पार्टीलाई समावेश सिद्धान्त बमोजिम रुपान्तरण गर्दै लैजाने बताउनुभयो। उहाँले भन्नु भयो ‘सवै एकैचोटी हुँदैन, महिला सहभागिता कत्तिपनि थिएन। अहिले छ र यसलाई बढाउँदै लैजाने छौं।
महाअधिवेशन नजिंकिदै गर्दा नेपाली काग्रेंसमा महिलाकाे एकितहाइ सहभागिताका लागि विधान संशाेधन गर्नुपर्ने माग उठिरहेकाे छ ।
याे पनि हेर्नुहाेस
काङ्ग्रेस महाधिवेशनमा हराउनुपर्ने प्रवृति
नेपाली काग्रेंसकाे वर्तमान विधानमा महिलाकाे अारक्षण सिटमा ६ जना केन्द्रीय सदस्यमा अाउने प्रावधान छ । यसैगरि दलित, जनजाति र मधेशीका लागि आरक्षित पाँच वटा कोटामध्ये पनि २ जना महिला हुनुपर्ने र १ जना महिला मनोनित गर्ने व्यवस्था विधानमा छ । ८५ सदस्यीय काग्रेंसकाे वर्तमान केन्द्रीय कार्य समितिमा १३ जना महिला छन् । नेपाली काग्रेंसकाे १३ अाैं महाधिवेशन बिहीवारदेखि काठमाडाैंमा हुँदैछ ।
Comment Here!