दोस्रो विश्व महिला सम्मेलन नेपालमा हुने


प्रकाशित मिति :2016-03-02 16:36:20

नन्दा थापा
काठमाडौं । दोस्रो विश्व महिला सम्मेलन यही फागुन ३० देखि चैत्र ५ गतेसम्म काठमाडौंमा हुने भएको छ। ‘महिलाहरू सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने नारासहित हुन लागेको सम्मेलनमा पाँच महादेश अन्तर्गत ६० राष्ट्रका महिलाको सहभागिता रहने आयोजकले जानकारी दिए।

महिला विश्व सम्मेलनवारेमा जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो  । सम्मेलनमा मजदुर, किसान, गृहिणी महिलाको सहभागिता हुने सम्मेलन आयोजक समितिकी संयोजक दुर्गा पौडेलले जानकारी दिनुभयो। । उहाँले अन्तराष्ट्रिय महिला आन्दोलनलाई दिगो रुपमा स्थापित गर्दै सूचना आदान प्रदान, एक आपसमा सहयोग तथा सहकार्य गर्नु नै सम्मेलनको मुख्य उद्देश्य हुने बताउनुभयो।

यसैगरि पत्रकार सम्मेलनमा विश्व महिला सम्मेलनका युरोप संयोजक जर्मनीकी मोनिका गारथरले विश्वव्यापी रुपमा देखिएको महिलामाथिको हिंसा अन्त्य तथा महिलाको मुद्दालाई राज्यको ध्यानाकर्षण गराउन सम्मेलन महत्वपूर्ण हुने बताउनु भयो।

यो सम्मेलनमा नेपालबाट ४ सय महिला सहभागि हुने अनुमान गरिएको संयोजक पौडेलले बताउनुभयो। दोस्रो विश्व महिला सम्मेलनको सभामुख ओनसरी घर्तीले उद्घाटन गर्ने कार्यक्रम छ। पहिलो विश्व महिला सम्मेलन सन् २०११ मा भेनेजुयलाको राजधानी काराकासमा भएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: