सुजाता कोइरालाद्वारा सभापति पदको उम्मेद्वारी फिर्ता


प्रकाशित मिति :2016-03-03 11:22:00

महिला खबर
sujataकाठमाडौं । पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी नेपाली काग्रेंसकी नेता सुजाता कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गर्नुभएको हो ।

बुधवार आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन गरेर सभापति पदमा उम्मेदवारी घोषणा गरेकी कोइरालाले  विहीवार विहानै पत्रकार सम्मेलन मार्फत नै फिर्ता लिएको घोषणा गर्नुभयो । पार्टीको मुख्य धारले हार्ने जस्तो भएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको कोइरालाको तर्क थियो ।

विदेशी शुभचिन्तक र जिल्ला सभापतिहरूले पार्टीको संस्थापन पक्षले हारेमा वीपी र गिरिजा प्रसाद कोइराला कै ‘लिगेसी’ जोखिममा पर्ने हुनाले संस्थापन पक्षलाई सहयाेग गर्न कोइरालालाई रातभरी दवाव दिएका थिए । कार्यवाहक सभापति पौडेलले वीपी र गिरिजा प्रसाद कोइराला कै राजनीतिक धार बचाउन आफ्नो उम्मेदवारी रहेकाले सहयोग गर्न कोइरालालाई अनुरोध गरेपछि फिर्ता लिनुभएको हो ।

सुजाता कोइराला कै निवासमा बिहीवार भएको कोइराला र पौडेलको संयुक्त पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो  ‘मैले पनि वीपी र गिरिजा प्रसाद कोइराला कै राजनीतिक धारलाई पछ्याएको छु र भविष्यमा पनि मेरो यो लाइन परिवर्तन हुने छैन ।’

पत्रकार सम्मेलनमा अब  आफू केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने बताउनुभयो  । कार्यवाहक सभापति पौडेलले सभापतिमा जितेमा विधान संशोधन गरी  महिला उपसभापतिको प्रावधान राख्ने र  यो पदमा कोइरालालाई मनोनयन गर्ने सहमतीपछि उम्मेदवारी फिर्ता भएको बताइएको छ ।   पत्रकार सम्मेलनमा कोइरालाले अरु दलहरूमा  जस्तै  काग्रेंसमा पनि महिला सहभागिता बढाउनुपर्ने बताउँदै काग्रेंसले त्यो गरेन भने ठुलो भुल हुने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: