पुर्ननिर्माणमा महिलाले महत्वपूर्ण भूमिका खेल्नुपर्छः गृहमन्त्री


प्रकाशित मिति :2016-03-03 12:05:40

निर्मला भट्ट
DSC_1214काठमाडौं। गृहमन्त्रीशक्ति बस्नेतले विपदमा सवैभन्दा बढी प्रभावित भएका महिलाले भूकम्प पछिको पुर्ननिर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ। बुधवार काठमाडौंमा सम्पन्नलैंगिक उत्तरदायी विपद व्यवस्थापन विषयक कार्यक्रममा बोल्दै उहाँले ढिलै भएपनि पुर्ननिर्माणको काम शुरु भएकाले अव लैंगिक संवेदनशिलता र समान सहभागिताका विषयलाई संबोधन गरेर अघि बढ्ने बताउनुभएको हो।

भूकम्पमा ज्यान गुमाउनेमा बढी महिला रहेको र सवैभन्दा बढी दुःख महिलाले भोगेकाले राहत दिँदा उनीहरूका पीडामा मल्हम पुग्ने गरी नीति निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो। अव आउने अवसर र प्रतिफलमा महिलाले स्वभाविक अधिकार पाउनुपर्ने मन्त्री बस्नेतले बताउनुभयो।

कार्यक्रमका सहभागीले महिला भएकै कारण भूकम्प पीडितले राहत नपाएको गुनासो गरे। भूकम्प अति प्रभावित १४ जिल्लाबाट कार्यक्रममा सहभागी महिलाले राहत वितरणमा समेत विभेद गरिएको बताएका हुन्। विपदमा सवैभन्दा बढी महिला नै प्रभावित हुने भएपनि महिलाले पुर्ननिर्माणमा अवसर र प्रतिफल नपाएको उनीहरूको भनाई थियो।

सहभागी पीडित महिलाले बालबच्चालाई पनि सुरक्षित स्थानमा लग्नुपर्ने, सासु ससुराका लागि घर भित्र फर्किनुपर्ने, गर्भावस्था, सुत्केरीमा समस्या परेको बताएका थिए। ललितपुर खोकनाकी अप्सरा डङ्गोलले केन्द्रीय तहबाटै महिलालाई हेपिने भएकाले आफूहरूले आवाज समेत उठाउन नसकेको बताउनुभयो। भूकम्पमा घर मात्रै नभई मन समेत भत्किएको उहाँको भनाई थियो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष मनु हुमागाईले महिला बसेको त्रिपाल खोसिएको, राहत कार्ड नदिईएकोलगायतका काम समेत भएकाले विपतमा परेका महिलालाई झनै अप्ठ्यारो पार्ने काम गरिएको सुनाउनुभयो। भूकम्प पछिको पुर्ननिर्माणका लागि गठित पुर्ननिर्माण प्राधिकरणमा २ जनामात्रै महिला रहनु दुःखद भएको उहाँको भनाइ थियो ।

दुईदिनसम्म चलेको कार्यक्रमले १५ बुँदे घोषणा पत्र जारी गरेको छ। घोषणा पत्रमा पुर्ननिर्माण र लैंगिक उत्तरदायी विपद व्यवस्थापन गर्न नीति तथा योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने , महिलाका आवश्यकताका आधारमा लैंगिक असमानतालाई संबोधन हुनेगरि निति तर्जुमा गर्नुपर्ने, विपद व्यवस्थापनमा ५०/५० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने, अवसर र प्रतिफलमा समान पहुँच हुनुपर्नेलगायतका बुँदा समेटिएका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: