नेपाली काँग्रेसकाे तेह्राैं महाधिवेशन सुरु


प्रकाशित मिति :2016-03-03 15:14:26

महिला खबर

g]sfsf] !#cf}F dxflwj]zg pb3f6g …;'zLnsf] g]t[Tjdf agfcf}F ;+ljwfg, ;d[4 /fi6« lgdf{0f ca xfd|f] cleofgÚ eGg] d"n gf/fsf ;fy g]kfnL sfFu|];sf] P]ltxfl;s !#cfF} dxflwj]zg sf7df8f}Fdf laxLaf/ v'Nnfd~rdf cfof]lht eJo ;df/f]xaLr g]kfnL sfFu|];sf sfo{jfxs ;efklt /fdrGb| kf}8]nn] kfg;df bLk k|Hjng u/L dxflwj]zgsf] ;d'b3f6g ug'{xF'b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली काँग्रेसको १३आै‌ं  महाधिवेशन आजदेखि सुरु भएकाे  छ । बिहीवार राजधानीको खुलामञ्चमा पार्टी कार्यवाहक सभापति रामचन्द्र पाैडेलले महाधिवेशनकाे उद्घाटन गर्नुभयाे । ‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने  नारासहित सुरु भएको  महाधिवेशन चार दिनसम्म चल्ने छ ।

महाधिवेशनमा भाग लिन  २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि अाएका  छन् ।

त्यस्तै वर्तमान केन्द्रीय समितिका ८४  जना पदाधिकारी एवम् केन्द्रीय सदस्यसहित तीन हजार १८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी भएका छन् । यी मध्ये   २४० निर्वाचन क्षेत्रबाट ४८० महिला महाधिवेशन प्रतिनिधि  छन्।  भ्रातृ  र भगीनी संस्था, १७ वटा विदेश र सुभेच्छुक संस्थाका गरी १३ औं महाधिवेशनमा ६०० महिला महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी छन् ।

नेपाली काँग्रेसकाे नयाँ नेतृत्वका लागि अहिलेसम्म पदाधिकारीमा शेर वहादुर देउवा प्यानलबाट  चित्रलेखा यादवले  काेषाध्यक्षमा उम्मेद्वारीकाे घाेषणा गर्नुभएको छ । यसअघि बुधवारमात्रै सभापतिमा अाफ्नाे उम्मेदवारी घाेषणा गरेकी नेता सुजाता काेइरालाले २४ घण्टा नबित्दै बिहीवार  विहानै फिर्ता लिएकाे खबर अाएकाे छ ।   लामाे समय राजनीति गरेर अाएका महिलाले केन्द्रीय सदस्यमा पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्ने युवा महिलाकाे सुझाव छ ।

नेपाली काँग्रेसकाे विधानमा महिलाका लागि केन्द्रीय सदस्यमा मात्रै ६ वटा सिट अारक्षित छ ।  यसैगरि दलित, जनजाति र मधेशीका लागि आरक्षित पाँच वटा कोटामध्ये पनि २ जना महिला हुनुपर्ने र १ जना महिला मनोनित गर्ने व्यवस्था विधानमा छ ।  ८५ सदस्यीय काग्रेंसकाे वर्तमान केन्द्रीय कार्य समितिमा १३ जना महिला छन् । नेपाली काग्रेंसलाई समावेशी र महिलामैत्री बनाउन स‌ंविधान अनुसार विधानमा स‌ंशाेधन गर्नुपर्ने अावाज महिलाले उठाइरहेका छन् ।

नेपाली का‌ंग्रेसकाे नीति तथा कार्यक्रम महिलामैत्री भएकाले  विधानमा पनि यस्ताे व्यवस्था सहजै गर्न सकिने अनुमान कतिपय महिला नेताले गरेका छन् । महाधिवेशनमा  विधान स‌ंशाेधन गर्न नसकिए महाधिवेशनपछि लगत्तै महासमितिमा स‌ंशाेधन गर्ने स‌ंकेत पार्टी नेतृत्वले दिएकाे छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: