खेमा बस्नेत
कैलाली। सधैँ अरुको घरको भाडा र लुगा धोएर फुर्सद नहुने पूर्व कम्लरीहरू अहिले आफ्नो लागि समय निकालेर दासत्व जिवनलाई फेर्ने अभियानमा छन्। पुर्व मुक्त कम्लरी रेखा चौधरी र सीम कुमारी चौधरी अहिले स्नातक तहमा अध्ययनरत छन्।
आत्मनिर्भर बन्न उनीहरूले कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालन गरेका छन्। आफ्नो विगतलाई सम्झन नचाहने उनीहरु भन्छन् ‘अव नयाँ जिवन सुरुवात गर्न लागेका छौं,फेरी त्यो दासत्व जिवनलाई सम्झन चाहदैनौं।’
आफ्नो दुःख र संघर्षपछि सफलताका लागि संघर्ष गर्दैछन् रेखा चौधरी। उनलाई साथ दिँदै छन् सेम कुमारी चौधरी। उनीहरू दुवैले मिलेर कम्प्युटर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन्।
सेमकुमारी धनगढी क्याम्पस रोडमा एक साहुका घरमा परिवारसहित घरेलु कामदारको रुपमा काम गर्ने गर्थिन्। कमैया मुक्त घोषणा भएपछि आफ्नो बुवासँगै उनले पनि छाडिन्। आफूहरूसँग कम्प्युटर सम्बन्धि ज्ञान भएकाले त्यही काम गर्ने सोचले धनटेक कम्प्युटर प्रशिक्षण केन्द्र खोलेको उनीहरू वताउँछन्।
आफ्नै पसिना बेचेर पढेका यी छात्राको भविष्यमा आफूजस्तै पीडा र गरिबीबाट गुज्रेका छात्राको जिवनस्तर सुधार्ने इच्छा छ। ‘हामी जस्तै पढ्न चाहने, तर गरिबीका कारण पढ्न र सीप सिक्न नपाएकाहरूलाई सहयोग गर्ने मन छ’ उनीहरूले भने । आफूहरू कम्लरीको नामवाट नभई आफ्नौ नाम वाट चिनिन चाहेको उनीहरू बताउँछन् । ३ लाख रुपैयाँको लगानीमा यी दुईले धनगढी कम्प्युटर तालिम केन्द्र सञ्चालनमा ल्याएका हुन्।
Comment Here!