रुपा गहतराज
नेपालगन्ज। बर्दियाकी एक गर्भवती महिलाले बुधबार आफूसँगै दुई नाबालक छोरीलाई पनि विष खुवाएर अात्महत्याको प्रयास गरेकी छन् । धधवार गाविसकी किसिता चौधरीले आफूसहित २ छोरीलाई विष खुवाएकी हुन्। विष सेवनका कारण ४ वर्षीया छोरी गंगा चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
माइत बस्दै आएकी किसीताले बुधबार दिउसो दुई छोरीसहित आफूले पनि बिष सेवन खाएको प्रहरीले बताएको छ । आमा किसिता चौधरीको अवस्थामा सुधार आएपनि अर्की छोरी जमुना चौधरी को अवस्था भने गम्भीर रहेको र उनीहरूको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको डीएसपी गिरीले जानकारी दिनुभयो।
घरमा कोही नभएको मौका छोपेर उनले आफूसहित दुई छोरीलाई विष खुवाएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनले आफूसहित छोरीलाई विषसेवन गराएको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। स्थानीयवासीले उनीहरूलाई बेहोश अवस्थामा अस्पताल पुर्याएका थिए।
किसिताका श्रीमानले सामान्य मजदुरी गरेर आफनो परिवार पाल्दै आएका छन्। बर्दिया इन्सेकका प्रतिनिधि मान बहादुर चौधरीले घटना सामान्य नभएको भन्दै घरेलु हिसांका कारण महिलाले बिष सेवन गरेको हुन सक्ने प्रतिक्रिया दिनुभयो। उहाँले प्रहरीले घटनालाई सामान्य लिएपनि यसको भित्री रहस्यको अनुसन्धान हुनुपर्ने बताउनुभयो।
Comment Here!