रमला सिंगक
झापा । पूर्वी नाका हुँदै अवैध रुपमा बैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ। मानव वेचविखन नियन्त्रणमा सक्रिय माईती नेपालको तथ्यांकले यस्तो देखाएको हो। भारतीय बाटो हुँदै खाडी मुलुक नजान सरकारले गरिरहेको आह्वान् बेवास्ता गर्दै अवैध रुपमा त्यता जाने महिलाको संख्या वढिरहेको देखिएको छ।
सन् २०१५ मा दुई सय ९५ महिलालाई कांकडभित्तावाट फर्काईएको थियो भने सन् २०१४ मा दुई सय ५० लाई नाकामा रोकेर आफन्तको जिम्मा लगाईएको माईती नेपाल झापाको तथ्यांकमा उल्लेख छ।
यसै गरी सन् २०१५ मा बेचविखनका ५ मुद्दा दर्ता भएका छन् भने सन् २०१४ मा यस्ता प्रकृतिका घटना एउटै मात्र दर्ता भएको थियो। गत बैशाखको भूकम्पपछि भने यो नाका हुँदै वैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा वढेको संस्थाले जनाएको छ।
सन् २०१५ मा ३० जनाको उद्धार, ६ वटा घरेलु हिंसाका घटना, २१ हजार तीनसय २० लाई सुरक्षित स्थानागमन, र १ सय ४८ वटा हराएको निवेदन परेको थियो। हराएका मध्ये ३३ जना फेला पारेको कार्यालयले जनाएको छ। सन् २०१४ मा ३१ को उद्धार, चार वटा घरेलु हिंसा,२१ हजार ९८ लाई सुरक्षित स्थानागमन गरिएको थियो।
थोरै खर्चमा जान पाईने, नेपालवाट गएभन्दा कम झन्झट वेर्होनुपर्नेलगायत कारणले महिलाले भारतीय वाटो रोज्ने गरेको यस क्षेत्रमा काम गर्दै आएकाहरू बताउँछन्। भारतिय दलालको भरपरेर जाँदा कयौं महिला गन्तव्य नपुगेको र पुगेपनि भनेजस्तो काम नभेटेको, यातनावाट पीडित भएका घटनाहरू आइरहँदा महिलाले जोखिमपूर्ण वाटो त्याग्न नसकेको माईती नेपालको अभिलेखले वताउँछ।
नेपाली महिला बैदेशिक रोजगारीमा जाँदा जोखिममा परेपछि भारतीय वाटो प्रयोग गर्न वन्देज छ। माईती नेपाल पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले भने, ‘अज्ञानता,गरिवी, वेरोजगारी, अशिक्षालगायत धेरै कारणले नेपाली महिला खाडी मुलुक जान बाध्य छन्। दैनिक चार पाँच जना महिलालाई रोकेर शंका लागे प्रहरीको जिम्मा लगाई अभिभावक बोलाएर पठाउने गरेका छौं।’
Comment Here!