महिला खबर
काठमाडाैं । सिरहाकी सांसद सीतादेवी यादवले नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको प्यानलबाट कोषाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । यादवले आजै आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद यादव दुईपटक जिल्ला सभापति समेत भइसक्नु भएको छ । उहाँ २०५८ सालमा पार्टी जिल्ला सभापति हुने पहिलो महिला हुनुहन्छ ।
यसअघि बरिष्ठ नेता शेर वहादुर देउवा प्यानलबाट चित्रलेखा यादवले यहि पदका लागि उम्मेद्वारी दर्ता गराउनुभएको थियो । नेपाली काँग्रेसको जारी १३ अाैं महाधिवेशनमा उम्मेदवारी दर्ता गराउने क्रम जारी छ । पदाधिकारीमा कोषाध्यक्षबाहेक अन्य पदमा महिलाले उम्मेद्वारी दिएका छैनन् ।
Comment Here!