इतिहासकै लाचार र कमजोर सरकार : जेल ब्रेकर उमा भुजेल


प्रकाशित मिति :2016-03-06 10:37:26

महिला खबर

umaकाठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य तथा गोरखा जेल ब्रेकर उमा भुजेलले जनताको समस्या हल गर्न नसक्ने र विदेशी हस्तक्षेपको प्रतिकार पनि गर्न नसक्ने वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासकै सबै भन्दा कमजोर र लाचार सरकार रहेको आरोप लगाउनु भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीले १ सय ६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको पूर्वसन्धामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भुजेलले महिला अधिकार प्राप्तिका लागि सबै एकजुट हनुपर्ने बताउनु भयो ।
उहाँले जनयुद्धमा आफूहरुले जनमुक्ति सेना , सत्ता ,संगठन र नीति निमार्ण तहसम्म समान रुपले महिला सहभागिता गराएर उदाहरण नै पेस गरीसकेको तर्क गर्नु भयो । उहाँले भन्नुभयो ‘त्यसबेला नेपाली महिला मुक्तिका लागि मात्र नलडेर विश्वभरका उत्पीडित महिलाको उर्जा र अनुकरणीय बन्न सफल भएपनि शान्ति प्रक्रियापछि तत्कालिन पार्टी नेतृत्वको गद्धारिको कारण ती मुद्धाहरु स्थापित हुन सकेनन ।’
अहिलेको सत्ता दलाल पुजिपतिको हातमा रहेकाले यसबाट महिला मुक्तिको अपेक्षा गर्न नसकिने बरु यस विरुद्ध संघर्स र आन्दोलन गरेर महिला आफै नीति निमार्णको तहसम्म पुग्नुपर्ने धारणा व्यक्त गर्नभयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष बन्धु चन्दले जनयुद्धमा महिला मुक्तिका लागि स्थापित मुल्य मान्यतालाई फेरि ब्यूँताउन आवाश्यक भएको बताईन् । एमाले निकट अखिल नेपाल महिला संघकी कार्यबाहक अध्यक्ष गोमा देबकोटाले आफू लामो समयदेखि महिला हक अधिकार बिषयमा लडिरहेको बताउनुभयो ।
उहाँले बिगतको भन्दा अहिले महिलाका अधिकारहरु स्थापित हुँदै गएको भन्दै देशकै सर्बोच्च पदमा राष्ट्रिपति महिला हुनु त्यसको उदाहरण भएको तर्क गर्नुभयो ।
यस्तै नयाँ शक्ति नेपालकी अभियन्ता कल्पना धमालाले नारी दिवसलाई औपचारिकतामा मात्र सिमित राख्ने भन्दा त्यसको व्यबहारिक पक्षलाई  जोड दिनुपर्नेे बताउनुभयो ।
राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागाइले ‘लैङगिक समानाताका लागि पाइला हाराहारी , सन २०३० सम्म हिस्सा बराबरी’ भन्ने अन्तराष्ट्रिय श्रमिक महिलाको हक सुनिश्चित गर्ने अन्तराष्ट्रिय नारा नेपालमा पनि लागू गर्नुपर्नेे बताउनुभयो ।
त्यसैगरी नेकपा (क्रान्तिकी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य कमला राईले महिलाले आफ्नो अधिकारका निम्ति सम्झौता गर्न नहुने बताउनुभयो ।

प्रकाशित मिति २०७२ फागुन २३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: