सम्मानित १०७ वर्षीय बृद्धाको आशीर्वाद लिदै प्रहरी निरीक्षक


प्रकाशित मिति :2016-03-06 11:13:32

महिला खबर
कपिलवस्तु ।  समान कामको समान ज्यालाको माग गर्दै महिलाले आवाज उठाएको एक सय वर्ष भन्दा बढी भएपनि अझै अधिकार प्राप्त हुन सकेको छैन ।   महिलाले पुरुष वरावर समान काम गरे पनि समान  ज्याला पाउन सकेका छैनन । विभिन्न आन्दोलन र सामाजिक रुपान्तरणमा  ठूलो योगदान गरेका महिला समेत विभेदमा पर्ने र  अवसरबाट वन्चित भएका छन् ।
घरभित्र र घर वाहिर महिलाले गरेको श्रमलाई अर्थतन्त्रमा गणना गर्न सकेमा मात्र श्रमिक दिवस मनाएको अर्थ रहने महिला तथा बालबालिका कार्यालयका प्रमुख कलावती ओझाले बताउनुभयो ।
१०६ औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा  विपि स्मृति भवन गजेहडामा गरिएको अन्तरसंवाद कार्यक्रममा बोल्दै  पछिल्ला दिनमा महिला संगठित हुँदै सहकारीमा आवद्ध भई   विभिन्न सिपमुलक   कार्यक्रममा सहभागि हुँदै गएको उहाँले बताउनुभयो ।

9 pic
महिलालाई विभिन्न अवसर प्रदान गर्दै नेतृत्व तहमा ल्याउनका लागि सवैले सहयोग पुर्याउनु पर्ने कार्यालयका प्रमुख ओझाले  स्पष्ट पार्नु भयो ।    पछिल्लो चरणमा राज्य र गैर राज्यका निकायको  समन्वयात्मक पहलले महिला  राज्यको मुल प्रवाहमा समाहित हुने वातावरण बन्दै गरेको  उहाँको भनाइ छ ।
कार्यक्रममा  बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले लक्षित वर्गको वजेट खर्च गरेर सशक्तिकरणको काम गर्न स्थानीय निकायहरु अग्रसर भई रहेको बताउँदै महिलामा आउँदै गरेको जागरणले परिवर्तन सुनिश्च गर्ने कुरा औल्याउनु भयो ।
जिल्लाको समग्र  महिलाको श्रमको अवस्थाको तथ्यांक महिला तथा बालबालिकाले राख्न सकेमा उनीहरुले श्रमको उचित मुल्य पाए नपाएको अवगत हुने बताउनुभयो । नगरपालिका भित्र कति महिला कस्तो काममा लागेका छन र श्रमअनुसारको ज्याला पाएका छन या छैन भन्ने अवस्था वारे आगामी दिनमा कार्यालयले तथ्यांक संकलन गर्ने बताउनुभयो । सोही कार्यक्रमा  महिलाको योगदान र श्रमको कदर गर्दै १ सय ७ वर्षीय वृद्ध पूर्णकला ज्ञवालीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारीका समूहका जिल्ला अध्यक्ष पार्वती पाण्डेले जिल्लाको महिलाको अवस्थाका वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको  थियो । कार्यपत्रमा  दिवसको पृष्ट भुमि ,महिलाको अवस्था  र चुनौती र समाधानका उपाय लगायतका विषय वस्तु समेटिएको थियो ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी  निरिक्षक विष्णु प्रसाद पोख्रेलले  कार्यालयमा आउने लैंगिक हिंसाको प्रकृति र कानुनका वारेमा  प्रष्ट्याउनु भएको थियो ।  प्रहरीले  पूर्ण रुपमा महिला मैत्री भएर काम गरि रहेको समेत उहाँले बताउनुभयो ।
महिला अधिकार मञ्चका केन्द्रिय सचिव चेतना अधिकारीको सहजीरकणमा भएको कार्यक्रममा  अखण्ड नेपालका रुद्र वहादुर कुवर ,बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य   द्रोणराज सुवेदी, नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई , सिद्धार्थ समाजिक विकास सस्थाकी उपाध्यक्ष सूर्य कुमारी शाही लगायतले  श्रमिक महिला दिवसको महत्ववारे चर्चा गर्नु भएको थियो ।
यस वर्षको अन्तरराष्ट्रिय नारा “लैंगिक समानताका लागि पाइला हाराहारी ः सन् २०३० सम्म हिस्सा वरावरी र नेपालको नारा संविद्यानलाई व्यवहारमा उतारौं ः महिला अधिकार सुनिश्चित गरौं ” भन्ने रहेको छ ।

प्रकाशित मिति २०७२ फागुन २३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: