महिनावारी नबार्ने जनजाति छात्राले कोठा भाडामा पाएनन्


प्रकाशित मिति :2016-03-06 13:36:02

खेमा बस्नेत
कैलाली । कन्चनपुरकी सिता गुरुङ क्याम्पसको पढाई पूरा गर्ने धनगढीमा आईन, बस्नका लागि भनेर भाडामा कोठा खोज्न ३ दिन  लाग्यो जहाँ उनी कोठा खोज्न जान्छिन् उनलाई उनको नाम र थर भन्नु पर्ने हुन्थो तर जाहाँ गएपनि एउटै कुराले उनलाई कोठा भाडामा दिदैँन थियो ।
‘एमएड पढाइको लागि धनगढीमा पढ्न आएको मैले महिनावारी नबार्नी भन्दै कोठा पाईन्’उनले भनिन् ‘हाम्रो घरमा पुजापाठ हुन्छ, तिमीहरूको चलनमा महिनावारी बार्दैनौँ,त्यसैले हाम्रो घरमा कोठा दिन मिल्दैन भनेर घरबेटीले भनिन् ।’

धनगढी उपमहानगरपालिका फुलवारीकी धन मगरलाई पनि सितालाई जस्तै समस्या परेको थियो । उनलाई पनि महिनावारी नबार्नी भन्दै कोठा भाडामा  दिन नमानेको बताउँछिन् ।’ कोठा भाडामा बस्दा ६ दिन सम्म बार्नुपर्ने,धारा नछुने गरे मात्र कोठा दिने भन्न थाले ’ उनले भनिन् ‘धनगढीमा हामीलाई कोठाभाडामा पाउन धेरै गाह्रो छ ।’

‘कोठा खोज्न गयो,केटालाई मात्र दिनी रे,किन भनेपछि केटी मिन्स हुन्छन् । लसपस हुन्छ रे ।’कैलालीले पहलमानपुरक आरती चौधरी बताउँछिन् ‘घरबेटी नभएको घरमा मात्र कोठा पाइन्छ ।’
विभिन्न ठाउँवाट धनगढीमा पढ्न तथा काम गर्ने आउने छात्रा हुन् वा महिलाले महिनावारीकै कारण कोठा भाडामा पाउन गाह्रो छ, नै तर अझ बढी जनजाति छात्राले  कोठा भाडामा पाउन समस्या परेको जनजाति छात्रा बताउँछन् ।

क्षेत्री बाहुन समुदायले महिनावारीलाई मान्छन् तर जनजाति समुदायले महिनावारी हुँदा बार्ने चलन छैन  । त्यही कारणले घरबेटीले जनजाति समुदायका छात्राले कोठा भाडामा दिन मान्दैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: