जग्गाको स्वामित्त महिलाका नाममा गरिने छः कार्यकारी प्रमुख ज्ञवाली


प्रकाशित मिति :2016-03-06 18:19:53

महिला खबर

News pic

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख शुशील ज्ञवालीले पुर्ननिर्माणका क्रममा महिलाका नाममा जग्गाको स्वामित्त दिने कामलाई प्राथमिकता दिइने बताउनुभएको छ ।

१०६ आैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवशर सञ्चारिका समूह र केयर नेपालकाे संयुक्त अायाेजनामा भएको भूकम्पपछिको पुर्ननिर्माण प्रक्रियामा लैंगिक सवाल विषयक अन्तर्किया कार्यक्रममा बोल्दै प्रमुख ज्ञवालीले भौतिक र सामाजिक पुर्नसंरचनाका लागि निकै चूनौति भएपनि यो अवशर निकै महत्वपुर्ण भएकाले सामाजिक मान्यताहरूलाई पनि सँगसँगै सुधार गर्ने बताउनुभयो ।

महिलाका नाममा जग्गाको लालपुर्जा, संयुक्त बै‌ंक खाता खोल्ने कुरामा प्राधिकरण सकारात्मक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो ‘महिलाहरू इमान्दार छन्, त्यसैले पुर्ननिर्माणका क्रममा जाने अनुदान र भाैतिक संरचना निर्माणका लागि सरकारले दिने आर्थिक सहयोगका लागि संयुक्त बैंक खाता खोल्ने कुरामा हामीलाई कुनै समस्या छैन ।’

उहाँले आर्थिक तथा सामाजिक परिवर्तन विकासको अवशर भएकाले महिला सहभागिताविना सफल नहुने हुँदा महिला पुरुषको बराबरी उपस्थितिमा कार्यविधि बनाएर लैजाने वचन दिनुभयो । उहाँले भन्नुभयो ‘ धेरैजसो पुरुष गाउँमा नभएकाले पनि पुर्ननिर्माणका क्रममा सञ्चालन हुने तालिममा महिला सहभागिताका लागि ठूलो अवशर छ । त्यसैले महिला सहभागिता अवश्य हुनेछ ।’ उहाँले यस्ता छलफलले प्राधिकारणलाई सफल बनाउन सहयोग गर्ने हुँदा आफैँ देखि लागु गर्न प्रतिबद्ध भएको बताउनुभयो ।

कार्यक्रममा भूकम्पपछिको पुर्ननिर्माण लैंगिकमैत्री बनाउन प्राधिकरणदेखि यसका तल्लो संरचनासम्म महिलाको एक तिहाइ सहभागिता हुनुपर्ने सहभागीले जोड दिएका थिए । सहभागीले प्राकृतिक प्रकोप आफैँमा विनाशकारी भएपनि यसको पुर्ननिर्माण अवशर भएको बताए ।
उनीहरूले प्राधिकरण गठन प्रक्रियादेखि नै महिलालाई नियतबश सहभागी नगराएकोमा आपत्ती जनाउँदै प्राधिकरणलाई लैंगिकमैत्री नबनाएपनि यसका तल्ला संरचनामा महिला सहभागी गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अधिकारकर्मी अप्सरा चापागाइले पुर्ननिर्माणका लागि स्थापित संरचनामा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई समेत नियतबश छुटाएको भन्दै आपत्ती जनाउनुभएको थियो

अधिवक्ता सविन श्रेष्ठले पुर्ननिर्माण प्रधिकरण ऐनमा पुर्ननिर्माणका सम्पुर्ण प्रक्रियालाई समावेशी बनाउने भनेपनि प्राधिकरणका संरचनामा महिलालाई कतैपनि सहभागी नगराइएको बताउनुभयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले पुर्ननिर्माणका क्रममा भौतिकमात्रै नभई सामाजिक पुर्ननिर्माण गर्ने उपयुक्त अवशर भएकाले संरचनाहरूलाई लैंगिकमैत्री बनाउन सुझाव दिनुभयो । उहाँले प्राधिकरण ऐनले यसका संरचनामा भन्दा पुर्नर्मिाणका क्रममा महिला र उनीहरूको विशेषवस्थालाई भने केहीे सम्बोधन गरेको औंल्याउनुभयो ।

कार्यक्रममा डा विमला राई पौडेलले पुर्ननिर्माणका क्रममा महिलामैत्री भौतिक संरचना सँगसँगै महिलालाई यसको सम्पुर्ण प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो ‘घर बनाउने क्रममा महिलालाई बालुवा चाल्ने काममा मात्रै होइन, गा¥हो लगाउने काममा पनि प्राथमिकता दिनुपर्यो र यही अनुसार तालिममा उनीहरूलाई सहभागी गराउनुपर्‍‌याे । उहाँले पुननिर्माणसँगै जिविकोपार्जन, सामाजिक पुनरुत्थान र यसको सम्पुर्ण अनुगमनका क्रममा महिला सहभागिताको सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अब बन्ने घरको स्वामित्त महिला र पुरुषको नाममा हुनुपर्ने, सरकारले उपलब्ध गराएको आर्थिक सहयोगमा श्रीमान श्रीमती कै नाममा बैंक खाता खोल्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पुर्ननिर्माणले सामाजिक पुर्ननिर्माणको पनि असिमित अवशर दिएकाले समाजिक यसमा अग्रसर हुन सरकारलाई सुझाव दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: