निर्मला भट्ट
काठमाडाैं । काँग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा खुल्लातर्फबाट ३ जना महिलाले उम्मेदवारी दिएका छन् । खुल्ला तर्फबाट उम्मेदवारी दिने आँट गरेका महिलाले जित्ने विश्वास ब्यक्त गरेका छन् । नेताहरू सुजाता कोइराला, डिना उपाध्याय र निरु पोख्रेलले केन्द्रीय सदस्यमा पुरुषसँग प्रतिस्पर्धा गर्न खुल्लाबाट उम्मेद्वारी दिएका हुन् ।
विद्यार्थी जिवनदेखि नै राजनितिमा संलग्न डिना उपाध्यायले खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । उहाँ भन्नुहुन्छ ‘जित्छु भन्ने आत्मविश्वास छ, सफल हुँदामात्र राजनीति बाँच्छ भन्ने होईन, असफल हुँदा सकिन्छ भन्ने पनि होईन,राजनीतिमा मनोबल कमजोर पार्नुहुँदैन ।’ सफल नै हुन्छु भनेर राजनीतिमा आफू नलागेको उहाँको भनाइ छ । ‘ विद्यार्थी जिवनदेखि राजनीतिमा आएँ, म सांसद हुने वा मन्त्री हुने कल्पना गरेर राजनीति गरिनँ, तर म यहाँ आईसम्मपुगेँ’ उहाँ भन्नुहुन्छ । आफूले जितेमा पार्टीमा शुद्धिकरण र महिलाका विषयबस्तु उठान गर्ने उहाँको चुनावी नारा छ । संविधानमा समेटिका महिलाका विषयलाई कार्यान्वयन गर्न आवाज उठाउने उहाँको भनाई छ ।
‘परिवर्तनका लागि भएका आन्दोलनहरूमा महिलाले पुरुषजतिकै योगदान दिएका छन’ उहाँ भन्नुहुन्छ ‘अन्य पार्टीको तुलनामा कांग्रेसले महिलाको योगदानको कदर गरेर उचित स्थान दिएको दाबी उहाँले गर्नुभयो । तर विधानमै ३३ प्रतिशत सहभागिता उल्लेख गरि समान सहभागिता हुनुपर्छ भनेर प्रोत्साहन गर्न जरुरी भएको उहाँको सुझाव छ । उहाँ २०६४ सालमा जलश्रोत राज्यमन्त्री भइसक्नु भएको छ ।
त्यस्तै खुलातर्फबाट निरु पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ । जित्ने आत्मविश्वास भएर नै उम्मेदवारी दिएको प्रतिक्रिया उहाँले दिनुभयो । तर, जितिएन भने पनि फरक नपर्ने उहाँको भनाई छ । ‘ जित्छु भन्ने लाग्छ, तर हारियो भने पनि मेरो तर्फबाट पार्टीको सेवागर्ने र राजनीतिमा क्रियाशिल रहने काममा चुक्दिन’ उहाँ भन्नुहुन्छ । जितियो भने पार्टिलाई एक ढिक्का बनाउने र संविधान कार्यान्वन गर्ने काममा लाग्ने उहाँको योजना छ । ‘महिलालाई सवै ठाँउमा पछाडी पार्ने काम हुन्छ, तर महिला पनि अधिकारका लागि लड्न छाड्नु हुँदैन, पछाडी स¥यो भने सफल पनि भईदैन’ उहाँ भन्नुहुन्छ । २०३३ सालबाट राजनीति शुरु गर्नुभएकी यहाँ सप्तरी क्षेत्र न १ की पुर्व उपसभापति र अहिले महासमिति सदस्य हुनुहुन्छ । यसैगरि सभापतिको उम्मेद्वारी घोषणा गरेर फिर्ता लिएकी काँग्रेस नेता सुजाता कोइरालाले पनि खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनुभएको छ ।
नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा महिला आरक्षण तर्फ ६ पदका लागि ४० जनाले मनोनयन दर्ता गराएका छन् ।
Comment Here!