श्रीमानले गर्भ अस्वीकार गरेपछि विष खाएँः किसिता चौधरी


प्रकाशित मिति :2016-03-07 13:59:32

रुपा गहतराज
नेपालगञ्ज । जव आफ्नै श्रीमानले गर्भ मेरो होइन भने बर्दिया धधवार गाविस की २२ बर्षीया किसीता चौधरीलाई संसारै हारे जस्तो लाग्यो । पाँचवर्ष अघि अबिनाश चौधरीसँग हाँसीखुशी जिन्दगी जिउने बाचासहित प्रेम विवाह गरेकी किसिता विवाह गरेको छोटो समय मै श्रीमानको यातनाका कारण माइतीको शरणमा पुगेकी थिइन् ।

श्रीमानको फरक ब्यवहार र तिरस्कार अनि सासुको टोकेसो सहन नसकेपछि उनी माइतीको शरणमा पुगिन् । तर प्रेमको चिनो उनको गर्भमा आइसकेको थियो । उनी माइतीमै बसेर दुखसुख गुजरा चलाइन् । यहि वीचमा उनले दुई जुम्ल्याहा छोरी जन्माइन् । आमा र भाउजुको सहयोगमा दुई जुमल्याहा छोरी लाई बा आमा दुबै बनेर हुर्काइन् । चार वर्षपछि उनका श्रीमान फेरी उनलाई लिन आइपुगे । झिनो आशा पलायो । श्रीमानको यातना र तिरस्कार सहेरै भएपनि श्रीमानसँगै बस्ने निधो गरेर उनी अघि लागिन्, तर उनको यो कठोर निर्णयपनि धेरै समयसम्म टिक्न सकेन । उनीमाथिको यातना सहनै नसक्ने गरि फेरी दोहोरियो । अन्नत उनी फेरी माइती फर्किन, एक्लै होइन गर्भमा अर्को बच्चा आइसकेको थियो । उनको यही गर्भ श्रीमानले अस्वीकार गरे । अनेकौ आरोप लगाए । सहि नसक्नु भएपछि फागुन १९ गते दुईछोरीसहित आफूले पनि विष खाइन् ।

बाँच्नु भन्दा मर्नु बेश भन्दै उनले मृत्युको बाटो रोजिन् । घरमा कोही नभएको बेला दिउँसो तरकारीमा छर्कने बिषादी भातमा हालेर खाइन् । उनी बेहोस भएर ढलेपछि छोरीले आमाले छाडेको भात खान थाले अनि सबैजना त्यही ढले । जिल्ला अस्पताल बर्दियामा उपचारमा रहेकी किसिता चौधरीलाई आफैँले खाएको बिष लागेन । उनी बाँच्न सफल भइन्, तर उनलाई नखाएको बिष लागेको छ । शरीर उनको ज्युँदो छ । तैपनि उनी मुर्ती सरह छन । कुनै प्रश्नको जवाफ छैन उनीसँग ।

९ महिनाकी गर्भवती किसिताकी ४ बर्षीया छोरी गंगाा चौधरीको उपचारका क्रममा मृत्यु भइसकेको छ । अर्की छोरी जमुनाको अझै उपचार चलिरहेको छ । आफ्नै कारणले एउटा छोरी गुमाएकी किसिता अहिले पश्चापमा जलिरहेकी छन् । उनले छोरीहरूलाइ आफूले बिष नखुवाएको बताउँछिन । उनले भनिन –‘मैले छोरीहरू लाई मार्न चाहेको होइन । ममात्र मर्न चाहेको हो ।’

छेउमा रहेकी दिदी अर्चना चौधरीले बहिनीलाई विष खाने अवस्थासम्म पु=याउनेमाथि छानबीन हुनुपर्ने बताउँछिन् । उनले भनिन् र्–बहिनी सधैँ तनावमा हुन्थी । घरका ले कुनै वास्ता नगर्ने भएकाले पनि यो अवस्था भयो । सासु र श्रीमान अस्पतालमा भएपनि भएको कुनै आभाष छैन । उनीहरू बहिनीसँग बोलेका छैनन् ।’

किसिताका दाजु अजय चौधरी समेत यो घटनाले स्तब्ध छन् र्। बहिनीलाई हामीले निभाउनु पर्ने सम्पुर्ण कर्तव्य निभाउँदै आएका थियौं’ उनले भने ।

४ वर्षीया छोरी गंगा चौधरीको उपचारका क्रममा मृत्यु भएपछि किसितालाई कर्तब्य ज्यान मुद्दा चलाउनुपर्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी बताउँछन् ।

उनले भने –‘उनले अपराध गरेको प्रमाणित भएपछि सजायको भागिदार हुनै पर्छ ।’ उनको पारिवारिक समस्याको अनुसन्धान प्रहरीको दायित्वमा नपर्ने भन्दै गिरी पन्छिए ।

बर्दिया जिल्ला अस्पतालमा उपचाररत किसिता चौधरीसँग गरिएको कुराकानीमा आधारित ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: