महिला खबर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दलित महिलामाथि भएको हिंसा तीव्र रुपमा अनुगमन गरिरहेको सदस्य मोहना अन्सारीले बताउनु भएको छ । अन्सारीले दलित महिलामाथि भएको दुव्र्यवहारका विषयमा सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
१०६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दलित महिला संघले काठमाडौंमा आयोजना गरेको दलित महिलाविरुद्धको हिंसा र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयोे ‘पीडित महिला, त्यो भन्दा दलित महिला, त्यो भन्दा पनि अन्तरजातिय विवाह गरेका दलित महिला झन धेरै पीडित छन् ।’
अन्सारीले दलित महिलामाथि भएका हिंसाका घटनाको स्थलगत अनुगमन गरेर आयोगले काम गरिहेको बताउनुभयो । जहाँ पहुच हुँदैन त्यही बढी दलित महिलामाथिका हिंसाका घटना बढ्दै गएका मुद्दा आयोगमा आएको बताउनुभयो ।
Comment Here!