बढ्दै छ महिलाको सम्पत्तिमाथिको अधिकार


प्रकाशित मिति :2016-03-07 17:54:04

महिला खबर
काठमाडौं । नीति तथा कानुनका कारण महिलाका सम्पत्तिमाथिको हक बढेको वरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले बताउनुभएको छ । १ सय ६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ह्याविट्याट फर ह्युम्यानिटीले काठमाडौंमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले महिलालाई सम्पतिमा अधिकार दिलाउन समानताको विषय अनिवार्य रहेको बताउनुभयो ।

अधिवक्ता मल्लले राज्यले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । भूकम्पबाट क्षति भएका संरचना पुनःनिर्माणको प्रक्रियामा बढी भन्दा बढी महिलालाई सम्पत्तिको अधिकार दिलाउनुपर्ने उहाँको भनाइ थियो ।

सन् २००१ मा महिलाको नाममा ५.५ प्रतिशत मात्र घर थिए भने त्यसको १० वर्षपछि सन २०११ मा १०.७ प्रतिशत पुगेको तथ्याकं उहाँले प्रस्तुत गर्नुभयो । यसैगरि १० वर्ष अघि महिलाको नाममा १०.८ प्रतिशत मात्र सन् २०११ मा बढेर १९.७ प्रतिशत पुगेको जानकारी उहाँले दिनुभयो ।

‘यो संख्या बढ्नुमा महिलाको नाममा सम्पत्ति किनबेच गर्दा राजश्व कम गर्ने व्यवस्था पनि हो’ मल्लले भन्नुभयो । अबको तथ्याङकमा यो संख्या बढ्ने अनुमान गर्न सकिने उहाँको भनाई छ ।
राज्यले बाध्यकारी नीति बनाउने हो भने सबै क्षेत्रमा महिला समानता लागु हुने अधिबक्ता मल्लको तर्क थियो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले महिलाको उन्नतीले महिला मात्र नभएर सबैको उन्नती हुने बताउनुभयो । सबैको उन्नतीका लागि सूचना मुख्य विषय रहेको उहाँको दाबी छ । सूचनाको हकमा सबैको पहुँच पुगेमात्र सबैको विकास हुन सक्ने उहाँले बताउनुभयो । सूचनाकै अभावमा महिलाले आफ्ना अधिकार पाउन नसकेकोले सूचना पाउनु महिला विकासका लागि अनिवार्य रहेको आयुक्त तिमल्सिनाले बताउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले महिलाको विकासमा शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । आर्थिक हिसाबले महिलालाई सशक्त बनाउनको लागि भुमिमा पहुँच हुनु आवश्यक रहेको शर्माको तर्क थियो ।
पूर्ननिर्माण प्रक्रियाको लागि २ हजार ७ सय १३ जना दक्ष इन्जिनियरको आवश्यकता रहेको जनाउँदै सचिब शर्माले धेरै भन्दा धेरै महिला इन्जिनियरलाई तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
ह्याबिटाट फर ह्युमानिटी र वुमन बिल्डको संयुक्त कार्यक्रमको आयोजना गरिएको थियो

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: