कानुन, नीति र संरचनामार्फत महिलाको एकिकृत विकास आवश्यकः राष्ट्रपति


प्रकाशित मिति :2016-03-08 08:12:10

महिला खबर

bidhyaकाठमाडौं । राष्ट्रपति विद्या भण्डारीले महिलालाई विद्यमान अवस्थाबाट उठाउन समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ ।

एक सय छैटौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश
दिँदै राष्ट्रपति भण्डारीले  नयाँ संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको र संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिने आल्याउनु भएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ ’महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस्’

नेपालमा महिला÷पुरुष विकास एवम् महिला अधिकार सुनिश्चित गर्न विगतदेखि नै विविध संस्थागतलगायत नीतिगत तथा कानुनी सुधारका प्रयास हुँदै आए तापनि नेपाली महिलाको समग्र स्थिति सन्तोषप्रद रूपमा माथि उठ्न नसकेको सन्देशमा उल्लेख  छ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्षका रूपमा मनाई हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: