महिलाकेन्द्रित नीति, योजना र संरचना बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री


समतामूलक समाज निर्माणको अभियानमा चनाखाे हुनुसःसभामुख

प्रकाशित मिति :2016-03-08 09:00:29

महिला खबर

kpकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय महासन्धिहरूमा गरिएको प्रतिबद्धतानुसार सरकारले महिलाकेन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरेर  महिलाको जीवनस्तर माथि उठाई सन्तुलित, समुन्नरत र सुखी समाज निर्माण गर्न प्रयासरत रहेको बताउनुभएको छ ।
१०६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभमकाना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सरकारको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गर्नुभएको छ ।

नेपालको संविधानले महिलाको प्रजनन स्वास्थ्य तथा हिंसा र विभेदविरुद्धको  हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गरेको शन्देशमा उल्लेख छ । सन्देशमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन अनुसन्धान गरी त्यस्तो कानुनमा सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सुझाव दिइने उल्लेख छ ।

सन्देशमा भनिएको छ ‘रोजगारी तथा निर्वाचनमा समेत महिलाका लागि आरक्षणको व्यवस्था गरिएको छ, महिलाविरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले पाँचवर्षीय ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना, २०६९’ कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीयस्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह भइरहेको छ ।’

महिला सशक्तीकरणका लागि नेपाल सरकारका प्रयासलाई अझ सशक्त पार्न यस क्षेत्रमा कार्यरत सबै सरकारी, गैरसरकारी, निजीक्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पुर्याउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ ।

onsari-gharti-magar-final-358x296यसैगरी सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो हुनुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा समावेशी प्रतिनिधत्व संरक्षण गर्ने, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनैपर्ने, स्थानीय निकायमा महिलाको अनिवार्य प्रतिनिधित्व लगायत थुप्रै महिलामैत्री व्यवस्था उपलब्धिका रुपमा संस्थागत भएको बताउँदै संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि दबाव दिने वर्षका रुपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: