चाकडी होइन, जनताप्रति उत्तरदायी हुनुस्ः मन्त्री शर्मा


प्रकाशित मिति :2016-03-08 12:13:57

महिला खबर

इलाम। सामान्य प्रशासन मन्त्री रेखा शर्माले मन्त्री वा सचिवप्रति भन्दा जनताप्रति उत्तरदायी भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । जिल्ला विकास समिति इलाममा कर्मचारीसँग मंगलबार गरिएको अन्तरक्रियामा मन्त्री शर्माले आफूभन्दा माथिल्लो पदको कर्मचारीको चाकडी गर्ने मानसिकता त्याग्न आग्रह गर्नुभएको हो।

‘सरुवा–बढुवाका लागि मन्त्री वा सचिवलाई रिझाउनुपर्छ भन्ने मानसिकता त्याग्नुस्, म पनि ऐन नियममा भएका त्यस्ता खालका बाध्यतात्मक व्यवस्था हटाउने प्रयासमा छु’ मन्त्री शर्माले भन्नुभयो। कर्मचारीले आफ्नो राजनीतिक आस्था अनुसारको मन्त्री भए राम्रोसँग काम गर्ने र मन्त्रीले पनि आफ्नो दल निकटको कर्मचारीलाई अप्ठ्यारोमा पार्ने कामको आफू सधैं विरोधी भएको मन्त्री शर्माले स्पष्ट पार्नुभयो।

मन्त्री शर्माले भन्नुभयो ‘राजनीतिक दल हरेर काम गर्ने वातावरण हटाउनुपर्छ। हामी पनि त्यसका लागि तयार छौं, मन्त्री फेरिँदाबित्तिकै कर्मचारीलाई पनि हेरफेर गर्नुपर्छ भन्ने कुराको म सधैं विपक्षमा छुँ।’

कुनै एउटा मन्त्रालयको सचिवलाई कम्तिमा तीन वर्षसम्म सरुवा गर्न नपाइने प्रस्ताव मन्त्रिपरिषद बैठकमा आफूले राखेको जानकारी उहाँले दिनुभयो।राजनीतिक र प्रशासनिक द्वन्द्व अन्त्य गर्ने तथा कर्मचारी प्रशासनलाई सिस्टममा चलाउने प्रयासमा आफू रहेको उहाँको भनाइ थियो।

कर्मचारीका छोरा–छोरीलाई सरकारी स्कुलमा पढाउने बाध्यात्मक व्यवस्थाको माग

अन्तरक्रियामा इलामका अधिकांश सरकारी कार्यालयका प्रमुख सहभागी थिए। कार्यक्रममा इलामका प्रमुख जिल्ला जनकराज दाहालले निष्पक्ष भएर जनताको सेवा गर्न आफूहरू तयार रहेको बताउनुभयो। उहाँले इलाम जिल्लाका कर्मचारीलाई पनि निष्पक्ष र जनताप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो।

स्थानिय विकास अधिकारी मदन कोइरालाले एउटा गाविस सचिवले दुई–तीन वटा गाविस हेर्नुपर्ने बाध्यता भएकाले कार्यसम्पादनमा अप्ठेरो भएको जानकारी गराउँदै गाविस सचिवको पर्याप्त दरबन्दीको व्यवस्था मिलाउन आग्रह गर्नुभयो।

जिल्ला न्यायधिवक्ता रिद्धिनाथ निरौलाले कर्मचारीको सेवा सुविधा बढाउन र सबै कर्मचारीले आफ्ना छोरा–छोरीलाई सरकारी स्कूलमा पढाउनुपर्ने बाध्यात्मक व्यवस्था मिलाउन सुझाव दिनुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख राजकुमार पोख्रेलले इलाम जिल्ला अस्पताललाई विशेषज्ञ सहितको अस्पताल भनिए पनि विशेषज्ञको अभाव भएको जानकारी गराउँदै स्वास्थ्य संस्थामा छाता ऐनको अभाव भएकाले त्यसको व्यवस्था मिलाउन सुझाव दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: