महिला खबर
काठमाडौं। सरकारले महिला विकास कार्यक्रमबाट प्रवर्द्धन गरिएका महिला संस्थामध्ये तीन वटालाई उत्कृष्ट छनोट गरी पुरस्कार दिने निर्णय गरेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, महिला, बालबालिका विभागले १०६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा यी तीन वटा संस्थालाई उत्कृष्ट छानेको हो ।
उत्कृष्ट छानिनेमा प्रगतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि कोल्टी बाजुरा, जनजागरण महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कास्की र शिवशक्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही छन् । प्रत्येक संस्थालाइ पुरस्कार स्वरुप एक लाख रुपैयाँ दिइने विभागले जनाएको छ ।
Comment Here!