समाचार माध्यममा महिलाको प्रतिनिधित्व उत्साहजनक भएन


प्रकाशित मिति :2016-03-08 14:54:09

महिला खबर

काठमाडाैं । नेपाली सञ्चार माध्यममा गतवर्ष पनि महिलाको प्रतिनिधित्व र चित्रणमा उल्लेख्य प्रगति नभएको ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) को प्रतिवेदनले देखाएको छ। जिएमएमपी २०१५ को आज जारी राष्ट्रिय प्रतिवेदन अनुसार नेपाली समाचार–माध्यम अझै पनि लैङ्गिक समानता र महिला सशक्तीकरणको हितैषी बन्न नसकेको जनाएको छ।

अनुसन्धानबाट प्राप्त तथ्याङ्क र समाचार विश्लेषणले समाचार–विषयका रूपमा, समाचार सम्प्रेषण गर्ने संवाददाता र प्रस्तोताका रूपमा, र समाचारको केन्द्रीय विषयवस्तुका रूपमा महिलाको कमजोर प्रतिनिधित्व एउटा प्रमुख बाधाका रूपमा देखिएका प्रतिवेदनमा उल्लेख छ।

समाजमा विद्यमान महिलाको लैंगिक भूमिकालाई बढावा नदिए पनि यथास्थितिलाई निरन्तरता दिनेतिर नै नेपालका समाचार–माध्यम उन्मुख भएको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनले महिलाले मुलुकको समग्र जनसङ्ख्याको ५१.५ प्रतिशत हिस्सा ओगटेका भए पनि पत्रपत्रिका, टेलिभिजन र रेडियोका समाचारहरूमा केवल १३ प्रतिशतमात्र महिला पढिने, सुनिने वा हेरिने गरेको उल्लेख छ। प्रतिवेदनका अनुसार सञ्चारमाध्यमा महिलाको उपस्थिति पाँच वर्षअघि सन् २०१० मा भन्दा ३ प्रतिशतले घटेको छ। महिला उपस्थितिको यस्तो न्यून प्रतिनिधित्व इन्टरनेट समाचार साइटहरूमा पनि रहेको र यसमा जम्मा १६ प्रतिशतमात्र पढिने, सुनिने वा हेरिने गरेको जिएमएमपी २०१५ का राष्ट्रिय संयोजक मञ्जु थापाद्वारा हस्ताक्षरित प्रतिबेदनमा उल्लेख छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: