नेपाली काँग्रेसको कोषाध्यक्षमा यादव विजयी


प्रकाशित मिति :2016-03-09 10:20:21

महिला खबर

Sita devi yadav NC

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट पार्टीको कोषाध्यक्षमा सीतादेवी यादव विजयी हुनुभएको छ ।  फागुन २३ गते राष्ट्रिय सभागृहमा भएको निर्वाचनको  पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा कोषाध्यक्षमा सीतादेवी यादव एक हजार २१७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी चित्रलेखा यादवले एक हजार २०९ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्ष सीतादेवीले चित्रलेखालाई आठ मतअन्तरले हराउँदै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

दुवैजनाले सिरहा जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ । कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत प्राप्त गर्नुभएको थियो ।  चित्रलेखा देउवा पक्षबाट उम्मेदवार बन्नुभएको हो । सीतादेवी पौडेल पक्षधर हुनुहुन्छ ।

सीतादेवीले काँग्रेस सिरहा जिल्ला सभापतिमा दुई कार्यकालको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । चित्रलेखाले पार्टीको कोषाध्यक्ष, उपसभामुख, शिक्षामन्त्रीलगायतको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । पार्टी पदाधिकारीसहित ६४ पदका लागि यही फागुन २३ गते भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ ले मतदान गरेका थिए ।

खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८ जना, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्यका लागि १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सात जना उम्मेदवार मैदानमा छन् ।

आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी परेको छ

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: