महिला मुक्तिका लागि हस्तक्षेप आवश्यक—श्रेष्ठ


प्रकाशित मिति :2016-03-09 10:32:37

आस्था केसी

काठमाडौं । महिलामुक्तिको लागि राज्यका बिद्यमान संरचनाहरूमा हस्तक्षेप जरुरी रहेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शशी श्रेष्ठले बताउनुभएको छ। १ सय ६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको र अन्तरपार्टी महिला सञ्जालको १० औं स्थापना दिवशको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

अहिले बनेको संबिधानमा जतिपनि महिलाका अधिकार लिपीबद्ध गरिएको छ ती सबै सञ्जालको दह्रो हस्तक्षेप र खबरदारीले मात्र स्थापित गराउन सम्भव भएको बताउँदै उहाँले भन्नुभयो—’महिलामाथिका उत्पीडनको अन्त्यका लागि सबै राजनीतिक दलमा आस्था राख्ने महिला एकै ठाँउमा उभिन जरुरी छ।’

महिलाका सवाललाई राष्ट्रकै सवालको रुपमा नलिँदासम्म देश विकाश नहुनेे धारणा राख्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो —’महिलामुक्तिको सवाल राजनीतिक सवाल हो। यसलाई राजनीतिक पार्टीका नेतृत्वले राजनीतिक तवरले नै हल गर्नुपर्दछ।’ संघर्षले मात्र अधिकार स्थापित गराउन सक्ने भन्दै श्रेष्ठले महिला अधिकारको लागि सबै महिलालाई संघर्षबाट पछाडी नहट्न आग्रह गर्नुभयो।

सञ्जालका महासचिब कल्याणी शाहले अहिलेको संविधान महिलामैत्री विश्वमै नमुनायोग्य बनेको भन्दै संविधानमा रहेका कमी कमजोरीलाई सच्याउँदै जानुपर्ने बताउनुभयो।

सञ्जालका सदस्य तथा एमाओबादी नेता कमला रोकाले अझै पनि महिला हिंसाका दोषी उन्मुक्त भएर घुमिरहेको बताउँदै मैना सुनुवारका हत्यारालाई पक्रेर सजायँ दिन प्रशासनलाई आग्रह गर्नुभयो।

सञ्जालकी सदस्य तथा राप्रपाकी नेता प्रतिभा राणाले अन्तर पार्टी महिला सञ्जालको गठनपछि राजनीतिक पार्टीमा महिला समावेेशी र समानुपातिक सहभागिताको कुरा केही हदसम्म भएपनि लागु हुन थालेको बताउनुभयो। पहिले महिलाका कुरालाई वास्ता नगर्ने आफ्नो पार्टीका नेताले अहिले आफ्ना कुरालाई महत्वका साथ लिन थालेको अनुभव पनि राणाले राख्नुभयो।

राष्ट्रिय मधेश समाजबादी पार्टीका उपाध्यक्ष निलम बर्माले पूर्ण रुपमा समानुपातिक समावेेशी लागु हुन नसकेको भन्दै यहीं नीतिको जगमा टेकेर आगामी दिनमा पनि पूर्ण समावेशी र समानुपातिक सहभागिताको पूर्ण कार्यान्वयनको लागि लाग्नुपर्ने बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: