नन्दा थापा
काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले १०६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न सवारी साधनका १७ जना महिला चालकलाई सम्मान गरेको छ। सम्मामनित हुनेमा डोजर चालक मुना घिमिरे, सरकारी बस चालक सरस्वती बस्नेत, बस चालक दिलकुमारी प्रधान, साझा बस चालक रेविका थापा, माईक्रोबस चालक रुपा राना, रहेका छन्।
त्यस्तै ट्याम्पू चालक विमला थापा, माया बेगा, अनिता राना, लक्ष्मी महर्जन, सिता थापा, अनिता चौधरी, मिना परिवार, लक्ष्मी तुलाधर, धनमाया, सुनुवार, कमला तामाङ् लगायत १७ जना महिला रहेका छन्। अनेरास्ववियूले एसिड पीडित किशोरी सीमा बस्नेलाईलाई सम्मान गरेको छ।
यसैगरि अनेरास्ववियुले विपन्न वर्गका विद्यालय जान नसेकेका पाँच जना बालिकालाई विभिन्न विद्यालयसँग समन्वय गरेर निःशुल्क पढाउने व्यवस्था मिलाएको जानकारी कार्यक्रममा दिइएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका पुर्वसभामुख सुवास नेम्बाङले डोजर चालक महिला नेपालमा रहेछन् भन्ने कुरा आफूलाई बल्ल थाहा भएको बताउनुभयो।
उहाँले भन्नुभयो, काम गर्दागर्दैसँगै अगाडी पनि आउनुपर्छ। महिलाले पनि डोजर जस्तो जोखिमपूर्ण साधनलाई आफ्नो काबुमा राखी चलाउने साहसिक महिला नेपालमा पहिलो भएको भन्दै उहाँलाई सबै ठाउँबाट सम्मान हुनुपर्ने बताउनुभयो। चालक मुना घिमिरेलाई आम महिलाले साहस प्रेरणाको प्रतिमुर्तिको रुपमा लिनु पर्ने नेम्बाङको भनाइ थियो।
Comment Here!