राष्ट्र प्रमुख महिला हुँदैमा हक सुनिश्चित हुँदैन : सभासद् राई


प्रकाशित मिति :2016-03-09 11:47:27

सरिता राई
भोजपुर। नेकपा एमालेकी सभासद् जयन्ती राईले दुई नेपाली महिला राष्ट्र प्रमुख बन्दैमा बाँकी सबै महिलाको हक अधिकारको ग्यारेन्टी हुन नसक्ने बताउनुभएको छ।

१०६ औं अर्न्तराष्ट्रिय महिला दिवशको अवशरमा भोजपुरको सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उहाँले अधिकारका लागि महिलाले अझै धेरै सङर्घष गर्नुपर्नेमा जोड दिनुभयो। राज्यको हरेक तहमा ३३ प्रतिशत महिला आरक्षण कोटा रहेपनि व्यवहारिक रुपमा लागु हुन नसकेको बताउँदै अवसर प्राप्तिका लागि महिला चुलाचौकामै सिमित रहन बाध्य भएको बताउनुभयो।

नेपालले भौतिक र शैक्षिक विकासमा गति लिएपनि महिलाको सवालमा भने पुरुष र समाजले हेर्ने दृष्टीकोणमा कुनै परिवर्तन आउन नसकेको गुनासो गर्नुभयो। उहाँले महिलाले बोक्सीको आरोपमा, दाइजो नल्याएको निहँुमा ज्युँदै जलाइनुपर्ने जघन्य अपराध समाजमा यथावत् रहेको औंल्याउनुभयो।

राईले नेपाली महिला वंश र अंशको बरोबर हिस्सेदार, समान कामको समान ज्यालाका लागि लामो समयदेखी संघर्षरत रहेको प्रष्ट पार्नुभयो।
लैङ्गिक समानताको लागी पाइला हाराहारी सन् २०३० सम्म हिस्सा बराबरी, संविधानलाई व्यवहारमा उत्तारौं महिला अधिकार सुनिश्चित गरौं भन्ने मुल नाराका साथ भोजपुर जिल्लामा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: