महिला दिवशबारे बेखबर श्रमिक महिला


प्रकाशित मिति :2016-03-09 12:20:27

आस्था केसी

काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशका दिन अधिकारका नारा लेखिएका व्यानरसहित रत्नपार्कबाट हजाराैंका जुलुश आए। अधिकारको नारा लगाए। तर, त्यहीँ रत्नपार्कदेखि बागबजार जाने आकाशेपुलको एउटा कुनामा १२ वर्षदेखी बोरा ओच्छ्याएर कागतीको ब्यापार गर्दै आएकी नन्दामाया चौलागाईलाई यसवारेमा  केही पत्तो थिएन। यस्ता जुलुश बेला बेला आइरहने हुनाले पनि उनले वास्ता गरिनन्। उनी आफ्नै काममा लागिन्, अरु सोधखोज गरिनन्।

महिला खबर प्रतिनिधिले उनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवशका बारेमा सोध्यो। उनले यसवारेमा आफूले नसुनेको बताइन्। दोलखा जिल्ला मिर्जे गाबिसको मजुवाबाट १२ वर्ष अगाडि काठमाडौं आएकी यी ५५ बर्षीया श्रमिक महिलालाई बिहान साँझको छाक कसरी जुटाउने र ११ कक्षा पढ्दै गरेको छोराको पढाई खर्च कसरी जुटाउने भन्नमात्रै चिन्ता छ।

lemon 2

उनका श्रीमान केही ईलम गर्दैनन्, दुई छोरा आफैँ काम गर्ने त भएका छन्, तर उनीहरू पनि घरखर्चको जोहो गर्न आमालाई सहयोग गर्दैनन्।
त्यसैले पनि घरखर्चदेखि छोराको पढाईखर्च जुटाउनुपर्ने बाध्यता उनलाई छ। बिहान सबेरै कालिमाटी पुगेर कागती खरिद गर्नु र रत्नपार्क आसपास आकाशेपुलमा बसेर ब्यापार गर्नु उनको दिनचर्या हो। यसो गरेबापत उनले दैनिक १ सय ५० देखि ३ सय रुपैयाँसम्म पैसा कमाउँछिन् ।

त्यसैगरी सोही ठाँउमा १ वर्षदेखी नाङलो पसल चलाईरहेकी दाङ तुलसीपुरकी धर्मी चन्द पनि श्रमिक महिला दिवशको बारेमा बेखबर रहेर दिनहुँ श्रम गरिरहेकी छन्। केही काम नगर्ने उनका श्रीमान, बिदेश जाने तयारीमा रहेका २ छोरा र कक्षा ७ मा पढ्दै गरेकी छोरीको लागि खर्च जुटाउन उनी कहिले बागबजार त कहिले रत्नपार्कका आकाशेपुल या कुनै सडकका कुनामा यस्तै व्यापार गर्दै आईरहेकी छन्।

सडकमा रंगीचंगी कपडा लगाएर श्रमिक महिलाका अधिकारको नारा लगाउँदै दिनभरी जसो पटक पटक आएका जुलुशबारे बुझ्ने फुर्सद उनलाई पनि थिएन। उन्लाई आफ्नो सामान कसरी धेरै बिक्री गर्ने र भरे तरकारी खाने पैसा जुटाउने भन्ने चिन्ता लागेको थियो।

रत्नपार्क छेउको आकाशेपुलको अर्को छेउमा बिरेनुन बेच्न गर्न बसेकी ममता बुढाथोकीले भने श्रमिक महिला दिवसको बारेमा केही थाहा पाएको बताईन्। पद्मोदय कलेजमा कक्षा ११ कक्षामा व्यबस्थापन पढ्दै गरेकी उनले महिला अधिकारका लागि नारी दिवश मनाउने गरिएको बारेमा आफूलाई थाहा भएको बताईन्।

श्रम गरेर खाने महिलालाई नगरपालिकाले बेलाबेलामा धपाउने गरेकोमा आफूलाई पनि यस्तै झण्डा र ब्यानर बोकेर बिरोध गर्न मन लागेको बुढाथोकी बताउँछिन्। बिहान साँझ के खाने भन्ने चिन्तामा रहेकालाई काम गरेर खान नदिने नगरपालिकाको व्यवहारबाट वाक्कदिक्क भएकी उनी प्रश्न गर्छिन् — ‘हामीले के गरेर जीबिका चलाउने?’ सडक छेउमा व्यापार गरेर जिबिका चलाउनेलाई निश्चित समय छुट्याईदिन उनले नगरपालिकालाई आग्रह गरिन्।

पर्वत जिल्लाको पाङराङ गाबिसबाट राजधानी आएर कोरिएन भाषा परिक्षाको तयारी गरिरहेकी रञ्जना भट्टराईले एक दिन मात्र महिला दिवश मनाएर अधिकार नआउने तर्क गर्छिन्। अधिकार पाउनको लागि हरेक दिन संघर्ष गर्नुपर्ने उनको भनाई छ। महिलाका लागि आएका अधिकार महिलाले नै उपभोग गर्न नपाएको गुनासो गर्दै उनी भन्छिन् — महिलाको लागि जतिपनि अधिकारहरू प्राप्त छन्, ति सबै व्यवहारमा प्रयोग भएका छैनन। सरकारले रोजगारीको व्यवस्था गरीदिने हो भने छोराछोरी र परिवार छाडेर बिदेश जानुपर्ने अवस्था आउने थिएन।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: