रुपा गहतराज
नेपालगञ्ज । बाँकेमा पाँचवर्ष देखि सुस्त रहेको महिला क्रिकेट फेरी जुरर्मुराएको छ। एकताका महिला क्रिकेटले नेपाललाई अर्न्तराष्ट्रिय रुपमा चर्चाको शिखरमा पुर्याएको थियो। कहिले मैदानको अभाव त कहिले प्रतियोगिताको अभाव झेलिरहेका महिला क्रिकेटरहरू मंगलबार मैदानमा खुशी मुद्रामा भेटिए। उनीहरू आ – आफ्ना टिमलाई उत्साह थपिरहेका थिए।
खेलाडी पनि निरुत्साहित र पलायन हुने क्रम बढेको थियो। क्रिकेट प्रशिक्षक जमिल अन्सारीले भन्नुभयो –’यो प्रतियोगिताले आाशा जगाएको छ। खेलाडी पनि उत्साहित छन्।’
क्रिकेट संघको निष्क्रियता र संघसंस्थाले चासो नदिएका कारण बाँकेमा महिला क्रिकेट आझेलमा परेको अन्सारीको भनाइ छ।
अन्तर्राष्ट्रियस्तरका प्रतियाेगितामा सहभागी खेलाडीको नेतृत्वमा ४ वटा टिम बनाएर प्रतियोगिता गरिएको छ। अन्तर्राष्ट्रियस्तरका खेलाडी नेरि थापा, ममता थापा, कृष्णा सिंहको नेतृत्वमा ३ वटा टिम बनाइएको छ भने खजुरा स्पोर्टस् टिम गरी ४ टिम बनाइ प्रतिस्पर्धा गराइएको प्रशिक्षक अन्सारीले जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनल, बाँकेसँगको साझेदारीमा राइजिङ आइडल्स बाँके र जिल्ला युवा क्लब सञ्जाल बाँकेले महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर महिलालाई खेलकुदमा प्रोत्साहन गर्न महिलाबीच क्रिकेट प्रतियोगिता आयोजना गरीएको आयोजकले जनाएका छन्।
महिलालाई खेल क्षेत्रमा प्रोत्साहन गर्न यो प्रतियोगिताको आयोजना गरेका हौं, ‘आयोजक जिल्ला युवा क्लब सञ्जालका अध्यक्ष आशिष बर्माले भन्नुभयो।’ उहाँले खेलका माध्यमबाट भेदभाव, हिंसा र दुर्व्यवहारविरुद्ध सशक्त संवादका लागि महिलामा आत्मबल जगाउने अपेक्षा लिइएको बताउनुभयो।
मंगल प्रसाद उच्च मा.वि.को मैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्ला क्रिकेट संघ बाँकेले प्रविधिक सहयोग गरेको छ। प्रतियोगिता बिहीबारसम्म चल्ने छ।
Comment Here!