समानताकालागि समान व्यवहार आवश्यक : सचिव रेग्मी


प्रकाशित मिति :2016-03-10 11:33:30

करिश्मा चौधरी
काठमाडौं। महिला तथा बालबालिका मन्त्रालयका सचिब मधु प्रसाद रेग्मीले महिला माथि हुने हिंसा र विभेद हटाउन संरचनात्मक विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ। काठमाडौंमा साथी संस्थाले बुधवार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले महिलामाथि हुने हिंसा न्युनिकरणका लागि कानुनी प्रावधान र संविधानमै व्यवस्था भएपनि हिंसा न्युनिकरण हुन नसकेको बताउनुभयो। महिला र पुरुष समानताका लागि सरकारले मात्र प्रयास गरेर नहुने उहाँको तर्क थियो।

त्यसका लागि प्रत्येक नागरिकले समान व्यवहार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। महिला हिंसा न्युनिकरण गर्न र संयुक्त राष्ट्रसंघले लिएको सन् २०३० सम्ममा ५०/५० सहभागिताको लक्ष्य सफल बनाउन नागरिकको समान व्यवहारबाट मात्रै सम्भव हुने बताउनुभयो ।

Sathi

कार्यक्रममा बन्दना राणाले महिला पुरुष समानताका लागि घर घरबाट समानताको सुरुवात हुनुपर्ने बताउनुभयो। प्रत्येक घरमा महिला र पुरुष समान हुन सकेमात्र राष्ट्रमै समानता आउने हुनाले त्यसको सुरुवात घरबाटै हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष नविना लामाले छोरा छोरीमा हुने विभेद आफूले पनि झेलेको बताउँदै नेतृत्वमा जाँदा पनि महिला भएकै कारण धेरै समस्या भोग्नु परेको अनुभव सुनाउनुभयो। नेतृत्वमा जाँदा महिला हो सक्दैनन् भन्ने धेरैको भनाई सुन्नुपरेको उहाँले बताउनुभयो। आमा बुबाले छोरा छोरीमा समान व्यवहार गरेमात्र छोरा छोरीले पनि सिक्ने हुनाले आमा बुबाको व्यवहार समान हुनुपर्ने उहाँको भनाई छ।

महिला र पुरुष समानताका लागि महिला मात्र लडेर नहुने भन्दै यसमा महिला र पुरुष दुबैको भुमिका महत्वपुर्ण हुनेमा सहभागीले जोड दिएका थिए। यसका साथै महिला र पुरुष समानताका लागि सबै नागरिकले आफ्नो तर्फबाट समान व्यवहार गर्न आवश्यक रहेको उनीहरूको भनाई थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: