ज्ञानु पंगेनी
नवलपरासी। आजदेखि नवलपरासीमा राष्ट्रियस्तरको चाैधवर्ष मुनिकाे गर्ल्स फुटवल प्रतियोगिता शुरु भएको छ । अखिल नेपाल फुटवल संघ एन्फाले आयोजना गरेको उक्त प्रतियोगिता सुनवलको किर्तिपुर खेल मैदानमा आजदेखि चैत ६ गतेसम्म सञ्चालन हुने छ।
प्रतियोगितामा १२ जिल्लाका १४ वर्ष मुनिका छात्राको सहभागिता रहने एन्फाका केन्द्रीय सदस्य एवं जिल्ला फुटवल संघका अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिनुभयो।
एसियाली फुटवल महासंघको कार्यक्रम अनुसार सन २०१६ को अप्रिल २३ देखि मे १ तारिखसम्म ताजकिस्तानमा ए एफ सि यु १४ गर्ल्स सिजनल च्याम्पियनसीपमा सहभागिताका लागि नेपालबाट छनौट गर्न उक्त प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।
प्रतियोगितामा विजेता टिमलाइ नगद पचास हजार रुपैयाँ र उपविजेता टिमलाई नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जिल्ला फुटवल संघका महासचिव सेत बहादुर पुनले बताउनुभयो।
Comment Here!